मधेस प्रदेश : २१ वर्षीया महिलाको बलात्कार आरोपमा ४५ वर्षीय पुरुष पक्राउ

मिति: २०२३-०६-१३ , समय : १६:४२:५४ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

जनकपुर । मधेस प्रदेशको महोत्तरीमा २१ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको आरोपमा ४५ वर्षीय पुरुष पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्लाको बर्दिबास नगरपालिका-१० खैरबना बस्ने ४५ वर्षीय सोम बहादुर थिङ रहेको प्रहरीले जनाएका छन् ।

थिङले ती महिलालाई बर्दिबास नगरपालिका-१० खैरबनास्थित खैरबना झोरा खोला छेउको जङ्गलमा जबरजस्ती करणी गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यता साे सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०६-१३ , समय : १६:४२:५४ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित