मधेस प्रदेशमा महिला हिन्साकाे घटनामा बृद्धि , श्रीमानकाे कुटपिटबाट श्रीमतीको मृत्यु

मिति: २०२३-०६-१० , समय : १७:१२:०९ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

जनकपुर । पछिल्लोपटक मधेस प्रदेशको जिल्लाहरुमा महिला हिन्साकाे घटनामा बृद्धि भएको छ । साेहि क्रममा श्रीमानको कुटपिटबाट सर्लाहीको हरिपुरमा श्रीमतीको मृत्यु भएको छ।

५० वर्षीय राजाराम साहको कुटपिटबाट गम्भीर घाइते भएकी सर्लाहीको हरिपुर नगरपालिका वडा न.–६ की इन्द्रकला देवीको शनिबार मृत्यु भएको हो।

गत सोमबार राजारामले श्रीमती इन्द्रकलालाई मरणासन्न हुनेगरी कुटपिट गरेका थिए।

कुटपिटबाट गम्भिर घाइते भएकी उनलाई तत्काल नवलपुरस्थित अस्पताल पु¥याइएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि तत्काल वीरगंज लगिएको आफन्तको भनाइ छ। तर, वीरगन्जबाट पनि २३ गते नै घर ल्याएर राखेपछि इन्द्रकलाको स्वास्थ्य थप जटिल भएको थियो ।

२४ गते उनलाई फेरि जनकपुरस्थित अस्पताल लगिएको थियो। उपचारको क्रममा स्वास्थ्य अवस्था थप जटिल बनेको भन्दै उपचार नगरी शनिबार बिहान जबर्जस्ती घर ल्याउने क्रममा उनको बाटोमै मृत्यु भएको हो।

यता प्रहरीले मृतक महिलाको शव आधा जलेको अवस्थामा चिताबाट निकालेर नियन्त्रणमा लिएको छ।

कुटपिटबाट मृत्यु भएकी महिलाको शव गुपचुप जलाउँदै गरेको खबर पाएपछि हरिपुर ईलाकाबाट गएको प्रहरी टोलीले शव नियन्त्रणमा लिएर परीक्षणको लागि प्रदेशिक अस्पताल पठाएको हो।

शव जलाउँदै गरेका ६ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाको बारेमा कसैलाई जानकारी नदिई शव जलाउन खोजेको पाइएपछि उनीहरुलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यलय हरिपुरले जनाएको हो।

मृतककोे श्रीमान कुटपिट घटनालगत्तै फरार रहोले उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी नरेन्द्रराज सुवेदीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२३-०६-१० , समय : १७:१२:०९ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्