सप्तरीमा चाेरिकाे घटनामा बृद्धि , सशस्त्र प्रहरीकै टियुटि रहेको स्थानमा चाेरि
मिति: २०२३-०६-०९ , समय : १८:०१:०७ , गामघर डेस्क
मिति: २०२३-०६-०९ , समय : १८:०१:०७ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । पछिल्लोपटक सप्तरीको विभिन्न ग्रामीण भेगहरुमा चाेरिकाे घटनामा बृद्धि भएको छ । साेहि क्रममा सशस्त्र प्रहरी बल नेपाल ६ न. गण नजिकै रहेको सशस्त्र प्रहरीकाे चेक प्वाइन्टबाट गएराति चाेरि भएको छ । सप्तरीको छिन्नमस्ता गाउपालिका वडा न.१ बरहि बिरपुर निवासी बिजय कुमार रायकाे किराना पसलबाट झण्डै ५५ हजार मुल्य बराबरको समान चाेरि भएको छ । बिष्णुपुर गाउपालिका वडा न.६ स्थित बरहि गाेरगमा नहर चाेकमा रहेको साे किराना पसलमा चाेरले एेलिबेस्टर ताेडेर पसलबाट साे मूल्य बराबरको समान चाेरि गरेको पिडित पसलका सन्चालकले बताएका छन । पसल नजिकै सशस्त्र प्रहरीकाे टियुटि हुन्छ ,तर पनि पसलबाट समान चाेरि भएको छ । यसबाट प्रष्ट हुन्छ कि सशस्त्र प्रहरीकै मिलाेमताेमा चाेरि भएको अाशङ्का स्थानीयबासिहरुले गरेका छन । यस्तै विगत केही दिन अगाडि मात्रै छिन्नमस्ता गाउपालिका वडा न.१ बरहि बिरपुरके एक जना ब्यक्तिकाे घरबाट माेटरसाइकल चाेरि भएको थियाे । तर पनि अहिलेसम्म साे चाेर फेला नपरेकाे स्थानीयहरु बताउँछन् ।
सशस्त्र प्रहरीकाे डियुटि रहेको ठाउबाट यसरी चाेरि हुनु दुखत घटना भएको भन्दै स्थानीयबासिहरुले यहाँबाट सशस्त्र प्रहरीलाई लखेटिनुपर्ने माग समेत गरेका छन। स्थानीयबासिहरुका अनुसार दिनभरि सर्वसाधारणहरुलाइ ५ किलाे चिनि ,दाल ,नुन ल्यउदा समाउने यी सशस्त्र प्रहरी नजिकेमा राति चाेरि हुदा पनि माेन बस्नुबाट प्रष्ट हुन्छ कि सशस्त्र प्रहरीकै मिलाेमताे हुन सक्ने अनुमान गरेका छन । यसेबिच चाेरि कसले गरेको खुल्न नसकेपनि चाेरकाे खाेजि कार्य तिव्र रुपमा भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२३-०६-०९ , समय : १८:०१:०७ , २ वर्ष अगाडि