मधेस प्रदेश : लहानमा अपराधीक घटना दिनानुदिन बढदै …प्रहरीको सुरक्षा फितलो

मिति: २०२३-०६-०४ , समय : ११:२९:४२ , महेश सिंह

तस्बिर : गामघर टिभिबाट

महेश सिंह

लहान । सिरहाको लहान नगरपालिका लगायत मधेस प्रदेशमा डकैती र हत्या हिंसाको घटना दिनानुदिन बढदै गएको छ्। पछिल्लो समय डकैती र हत्या, बलतकृतको घटनालाई लिएर समग्र सिरहा र लहान बदनाम हुँदै आएका छन्।

लहान नगरनगरपालिका वडा नम्बर ९ खुट्टी खोला पारी जेष्ठ ५ गते राती स्थानीय राजेश्वर महतोको घरमा अपरिचित बन्दुक धारी डकैतहरुले बन्दुक देखाए कुटपिट र सुन,चाँन्दीको गर घहना र नगद समेत लूटपाट गरेका छन्।
जेष्ठ ५ गते आइतबार बटसावित्री पर्वका दिन महिलाहरुलाई निहत्था गरी सुन चान्दी समेत लूटपाट गरी मर्नासन गरी समेत कुटपिट गरेका छन्।

डकैतीमा सिरहा लहान प्रहरीको समेत मिलोमतोमा डकैती भएको पीडित परिवारले आरोप लगाएका छन्। ५ गते राती करिब १ बजे राती भएको घटनामा घटना स्थलबाटै प्रहरी जानकारी गराए पनि लहान प्रहरीले समयमा नआई दिएको र आलटाल गरी डकैती सम्पन्न भएको पछी प्रहरी आएको पीडित परिवारको आरोप रहेका छन्।

घटना भएको करिब १५ दिन बितिसक्दा पनि प्रहरीले अपराधीलाई पक्राउ गर्न नसकेको र प्रहरीको अनुसन्धान फितलो देखिएका छन्।घरबेटी राजेश्वर महतोलाई डकैतहरुले मर्नासन गरी कुटपिट गरेका छन। घटनामा सम्पुर्ण परिवारका सदस्यलाई कुटपिट गरेका छन् भने नगर ४५” हजार नगद सहित सुन चाँन्दीको गरगहना लत्ताकपडा गरी जम्मा ४ लाख बराबरको धनमाल लूटपाट गरेका परिवारजन देखेशो सुनाएका छन्। नाउँ खुलाउनमा न आएको र अपराधीहरुलाई लहान राजनीतिदलका ब्यक्तीहरुले नै संरक्षण दिने गरेको खुलनमा आएका छन्।

प्रकाशित मिति: २०२३-०६-०४ , समय : ११:२९:४२ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित