अत्यधिक गर्मीका कारण सुनसरीका तीन पालिकाका विद्यालय बन्द

मिति: २०२३-०६-०१ , समय : ०८:३१:१९ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

सुनसरी । दुई दिनदेखि बढेको अत्यधिक गर्मीका कारणले सुनसरीका तीन पालिकाका विद्यालयमा बिदा दिइएको छ ।

सुनसरीको इनरुवा नगरपालिकाले आजदेखि २४ गते बुधवारसम्मका लागि बिदा दिएको मेयर केदार भण्डारीले जानकारी दिनुभयो ।

गर्मीका कारण बालबालिकामा स्वास्थ्य समस्या देखिन थालेकाले बर्खे बिदाबाट कट्टा हुनेगरी बिदा मिलाइएको उहाँले बताउनुभयो ।

त्यसैगरी सुनसरीके भोक्राहा नरसिंह गाउँपालिकाले पनि आजदेखि २३ गते मंगलवारसम्म विद्यालयमा बिदा दिएको गाउँपालिका प्रमुख अजमल अख्तर अजादले जानकारी दिनुभयो ।

यसैगरी इटहरी उपमहानगरले आज र भोलि बिदा दिएको उपमहानगरपालिकाको शिक्षा महाशाखा प्रमुख सूर्यप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

विगत केही दिनयता तराईका जिल्लासहित देशभर गर्मी बढेको छ ।

प्रकाशित मिति: २०२३-०६-०१ , समय : ०८:३१:१९ , २ वर्ष अगाडि