भारतको जम्मुमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, एक दर्जन घाइते

मिति: २०२३-०५-३० , समय : १०:०३:०४ , गामघर डेस्क

तस्बिर : एजेन्सीबाट

गामघर डेस्क

भारत । भारतको जम्मुमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् ।

अमृतसरबाट कटरा जाँदै गरेको बस झज्जर कोटली भन्ने स्थानमा दुर्घटना हुँदा सात जनाको मृत्यु भएको समाचार एजेन्सी एनएनआईले जनाएको छ । सो बसमा बिहारका बासिन्दा चढेका थिए ।

यता घाइतेहरुमध्ये चार जनाको अवस्था गम्भीर छ । उनीहरुको उपचार सरकारी अस्पतालहरुमा उपचार भइरहेको छ । एजेन्सीबाट

प्रकाशित मिति: २०२३-०५-३० , समय : १०:०३:०४ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्