तिलाठी कोइलाडी गाउँपालिका वडा सदस्यको बदमासी:बिकासको नाममा कुटपिट

मिति: २०२३-०५-२८ , समय : ०७:४५:५० , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य चन्दन मुखियाको नेतृत्वमा बाटो खाली गराउन गएको टोलीले हनुमाननगर कंकालनी नगरपालिका वडा न.-१४ डलवा बस्ने रनिया देवी राम र बिध्यानन्द रामलाई निर्घात कुटपिट गरेका छ्न।
बाटो फराकिलो बनाउन घर हटाउनुपर्ने भनेर उनीहरुले त्यहाँ पुगेका रहेछ।पीडितलाई पुर्व सुचना नदिई वडा कार्यालयको आदेशमा अचानक घर तोडफोड गर्न थालेपछि रोक्न खोज्ने राम परिवारलाई आरोपितहरुले कुटपिट गरेको।स्थानीय प्रत्यक्षदर्शीले बताएका हुन।

कुटपिटबाट घाइते आमा छोराको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको छ।कुटपिटबाट उनीहरुको शरीरको विभिन्न भागमा चोटपटक लागेको छ। यता साे सम्बन्धमा उक्त वडाको वडाअध्यक्ष मुनिलाल मुखियालाई पटकपटक फोन सम्पर्क गरेतापनि उठाएनन।

प्रकाशित मिति: २०२३-०५-२८ , समय : ०७:४५:५० , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित