मधेश प्रदेशमा यौनधन्दा फष्टाउदे : होटल सञ्चालकसहित आठ जना पक्राउ
मिति: २०२३-०५-२७ , समय : ०९:३१:४७ , गामघर डेस्क
मिति: २०२३-०५-२७ , समय : ०९:३१:४७ , गामघर डेस्क
गामघर डेस्क
जनकपुर । पछिल्लोपटक मधेश प्रदेशमा यौनधन्दा निकै फष्टाउदे गएको छ । साेहि क्रममा प्रहरीले यौनधन्दा चलाएको आरोपमा मधेस प्रदेशको वीरगञ्जबाट होटेल सञ्चालकसहित आठ जनालाई पक्राउ गरेको छ।
यौन धन्दा चलाएको सूचनाको आधारमा प्रहरी टोलीले बिहीबार साँझ वीरगञ्जको एक होटेलमा छापा मारेको थियो।
प्रहरीले छापा मारेर वीरगञ्ज महानगरपालिका–१५ बसपार्कस्थित होटेल लक्ष्मी एण्ड पार्टी प्यालेसबाट यौन धन्दामा सँलगन रहेको आरोपमा सञ्चालकसहित आठ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा होटेल सञ्चालक, दुई जना पुरुष ग्राहक र पाँच जना केटीहरु रहेको पर्साका प्रहरी प्रबक्ता प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।
यता पक्राउ परेकाहरुमाथि अभद्र ब्यवहार शिर्षकमा मुदा दायर गरी थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२३-०५-२७ , समय : ०९:३१:४७ , २ वर्ष अगाडि