पत्रकारहरु स्वतन्त्र, निष्पक्ष र निडर हुनुपर्ने : प्रेस स्वतन्त्रता सेनानी झा
मिति: २०२३-०५-२५ , समय : ०८:३९:२४ , गामघर डेस्क
मिति: २०२३-०५-२५ , समय : ०८:३९:२४ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । नेपाल पत्रकार महासंघ शाख सप्तरीका पुर्व अध्यक्ष एवम प्रेस स्वतन्त्रता सेनानी बैधनाथ झाले पत्रकारहरु स्वतन्त्र, निष्पक्ष र निडर हुनुपर्ने बताएका छन् ।
सप्तरीको सदरमुकाम राजविराजमा बुधबार पब्लिक प्रेस राष्ट्रिय दैनिक पत्रीकाको कार्यालय उद्वघाटन गर्दै उनले यस्तो बताएका हुन । कार्यक्रममा बोल्दै झाले पत्रकार कसैको प्रलोभन र प्रभावमा पर्नु नहुने बताए । पत्रकारले कसैप्रति पुर्वाग्रह , बदलाभाव र नजायज उदेश्य राख्नु हुदैन, झाले भने, स्वतन्त्र र निष्पक्ष र निडर भएर समाजलाई टेवा पुग्ने सत्यतथ्य समाचार सम्प्रेषण गर्नुपर्छ । राजनीति आस्था र व्यक्तिगत मित्रवत सम्बन्ध हुदैमा तथ्यलाई बङ्ग्याएर समाचार लेख्नु पत्रकारहरुको धर्म नभएको बताउदै कार्यक्रमका प्रमुख अतिथि झाले निस्वार्थ,मर्यादित पत्रकारितामा जोड दिए । आर्थिक अभावले कतिपय मिडियाले कार्यालय स्थापना गरि बन्द गर्नुपरेको बताउदै झाले पब्लिक प्रेस राष्ट्रिय दैनिकको कार्यालय निरन्तर संचालनमा आउनेमा विश्वास व्यक्त गरे ।
राजविराज २ स्थित राजदेवीमा स्थापना गरेको पब्लिक प्रेस राष्ट्रिय दैनिकको कार्यालय रिवन काटेर उद्घाटन गर्दै प्रमुख अतिथि झा । फोटोः न्यूज टुडे
नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रावण देवले पत्रकारले नकारात्मक संदेश प्रवाह हुने गतिविधि गर्न नहुने बताए । क्यामारा बोक्दैमा र प्रेस कार्ड गलामा झुन्डिएको भरमा पत्रकार हुन नसकिने बताउदै अध्यक्ष देवले पत्रकारको जिम्मेवारी र व्यक्तिगत क्षमता विकास गर्न नसके पत्रकारितामा टिक्न नसकिने उल्लेख गरे । पछिल्लो समय पत्रकारकारिताको आडमा गलत फाईदा लिनेहरु सक्रिय देखिएको बताउदै उनले पत्रकार र पत्रकारितालाई बदनाम गर्ने छुट कसैलाई नभएको बताए । नेपाल पत्रकार महासंघ सप्तरीका सल्लाहकार मनोहर पोखरेलले पत्रकारिता क्षेत्रमा युवाहरुको आकर्षण बड्दै गएको बताए ।
सामाजिक विकासको चाहान बोकेर पत्रकार बन्ने युवाहरुमा बड्दो हुटहुटी सकारात्मक पक्ष हो, उनले भने, यसले सामाजिक परिबर्तनका लागि ठूलो मदत पुगेको छ । सरकारले आबश्यक नीति लिएर संरक्षण गर्नु पर्छ । पत्रकारितामा भविष्य नभएको बताउदै पोखरेलले आप्mनो जीवन समाज र राष्ट्रको हितम समर्पण गर्ने पत्रकारहरुप्रति राज्य गम्भीर हुनुपर्नेमा जोड दिए । पब्लिक प्रेस राष्ट्रिय दैनिक पत्रीकाका प्रकाशक नवीन कुमार यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य खगेन्द्र कार्की, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेश प्रदेशका महासचिव बृजमान तामाङ, प्रेस चौतारी नेपाल सप्तरीका अध्यक्ष डम्बर राई, प्रेस सेन्टर सप्तरीका अध्यक्ष दिनानाथ यादवलगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
मैथिली अभियन्ता तथा आईलभ मिथिला ड्टकमका विद्यानन्द बेदर्दीद्वारा संचालित कार्यक्रममा स्वागत पब्लिक प्रेस राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक पिन्टु यादवले गरे । कार्यक्रममा बरख गण राजविराजका सहायक सेनानी काजिराम खत्री, पत्रकार राज कुमार पासवान लगायतका विभिन्न संचार माध्यमका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । पब्लिक प्रेस राष्ट्रिय दैनिक एक बर्षदेखी निरन्तर प्रकासित हुँदै आएको छ ।
प्रकाशित मिति: २०२३-०५-२५ , समय : ०८:३९:२४ , २ वर्ष अगाडि