सरकारसँग ५ बुँदे सहमतिपछि बिनु यादवले तोडिन् अनशन

मिति: २०२३-०५-२४ , समय : २२:१०:२९ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाडौं। लामो समयदेखि अनशनमा बसेकी बिनु यादवले अनशन तोडेकी छिन्। बुधबार सरकारसँग ५ बुँदे सहमति भएपछि उनले १५औं दिनमा अनशन तोडेकी हुन्।

उनलाई उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अनसन स्थलमा गएर जुस खुवाइ अनशन तोडाएका हुन् । आफूमाथि जबरजस्ती करणी गर्ने पवन कठायतविरुद्ध दिएको मुद्धाका कारबाही नभएको भन्दै उनी अनसनमा बसेकी थिइन्।

सरकारसँग भएको पाँच बुँदे सहमतिमा उनले दिएको मुद्धामा आवश्यक कारबाही अगाडि बढाउने र उनको जिवीकोपार्जनका लागि सहयोग गर्ने उल्लेख गरिएको छ। अनलाइनखबरबाट

प्रकाशित मिति: २०२३-०५-२४ , समय : २२:१०:२९ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित