मधेश प्रदेश सरकारमा कांग्रेसबाट दुई मन्त्री, भौतीकमा यादव र स्वास्थ्य मन्त्रीमा सिंह

मिति: २०२३-०५-२३ , समय : १०:१९:४५ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

जनकपुरधाम । विगत लामो समयकाे कसरतपछि अाज मधेश सरकार विस्तार हुन लागेको छ । सत्ताधारी गठबन्धनको केन्द्रिय नेताहरुको सहमती र निर्देशन अनुसार मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोज कुमार यादवले आज मन्त्री परिषद विस्तार गर्न लागेका हुन ।

आजै दिउँसो एक बजे कांग्रेसबाट दुईजना मन्त्रीहरुले सपथ ग्रहण गर्ने सहमती भएको छ । भौतीक पुर्वाधार विकास मन्त्रालयमा नेपाली कांग्रेस मधेश संसदिय दलका नेता कृष्ण यादव र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कांग्रेसकै विरेन्द्र सिंह सपथ ग्रहण गर्ने तय भएको छ । वाँकी लोसपा र नेकपा एसको समेत मन्त्रीहरु थपेर सरकारलाई पुर्णता दिने जिम्म मुख्यमन्त्रीलाई दिइएको छ ।

हाम्रो कांग्रेसबाट म र विरेन्द्र सिंह जी आज सपथ ग्रहण गर्न लागेका छौं वाँकी अन्य दलहरुको जिम्मा मुख्यमन्त्रीको छ कांग्रेस नेता यादवले बताए । कांग्रेसबाट आज तत्काल दुईजना मात्र सपथ ग्रहण लागेको वाँकी पछि सहमती जुटाउने उनको तर्क छ । स्वास्थ्यमा सिंह मन्त्री बन्न लागेपछि हाल समाजिक विकास मन्त्री सुरिता साहको मन्त्रालय धरापमा पर्ने भएको छ ।

प्रकाशित मिति: २०२३-०५-२३ , समय : १०:१९:४५ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्