तीन दिन सम्म तराई सहित देशका धेरै ठाउँमा हावाहुरी र पानी पर्ने सम्भावना

मिति: २०२३-०५-२३ , समय : ०९:२४:५६ , गामघर डेस्क

तस्बिर : गामघर टिभिबाट

गामघर डेस्क

राजविराज । आज, भोलि र पर्सि तीन दिन देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् गोविन्द झाका अनुसार लुम्बिनी, गण्डकी र बाग्मती प्रदेशका एक/दुई ठाउँमा बिहानैदेखि पानी परिरहेको छ । अन्य प्रदेशमा पनि वर्षाको सम्भावना छ । आज तराईका केही जिल्लामा पनि पानी पर्ने मौसमविद् झाले जानकारी दिनुभयो ।

पहाडी क्षेत्रका धेरै ठाउँमा मेघगर्जन र तराईमा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको अनुमान छ । अहिले देशका धेरै ठाउँको मौसम धुम्मिएको छ । दिउँसोको मौसम पनि आंशिकदेखि सामान्य बदली हुने मौसमविद् झाले बताउनुभयो । उहाँका अनुसार अहिले प्रि-मनसुन सक्रिय भएको छ ।

यस्तै, पश्चिमी वायु र स्थानीय वायुको प्रभाव समेत रहेको छ । भोलि र पर्सिको मौसम पनि आजको जस्तै रहने मौसमविद्ले बताएका छन् ।

प्रकाशित मिति: २०२३-०५-२३ , समय : ०९:२४:५६ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित