मधेस प्रदेश : प्रादेशिक अस्पतालले गलत रिपोर्ट दिएपछि युवाहरुले गरे विरोध प्रदर्शन

मिति: २०२३-०५-२२ , समय : ०२:१७:१४ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम ।
मधेस प्रदेशको धनुषाकाे जनकपुरधामस्थित प्रादेशिक अस्पतालले गलत रिपोर्ट दिएको भन्दै युवाहरुले विरोध प्रदर्शन गरेका छन् । उपचारकालागि पुगेकी एक गर्भवती महिलाको रगत जाँचपछि अस्पतालले गलत रिपोट बुझाएपछि अस्पताल प्रशासन बिरुद्ध टायर बालेर प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा उतरिएका ५ जना युवालाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ । प्रहरीले वीरेन्द्र यादव, अजिज अन्सारी, संजय साह, अनुष राइन र समिर सिद्धीकीलाई सडकमै टायर बालेर प्रदर्शन गरेको भन्दै नियन्त्रणमा लिएको हो ।
धनुषाको शहीदनगर नगरपालिका वडा नम्बर २का अजय यादव श्रीमती शर्मिला देवीलाई जाँचकालागि प्रादेशिक अस्पताल लगेका थिए । गर्भवती रहेकी शर्मिलाको रगतको जाँचपछि अस्पताल प्रशासनले दिएको रिपोट गल रहेको उनको श्रीमान अजयले आरोप लगाएका छन् ।

उनका अनुसार रगतमा हुने प्लेटलेट्सको जाँच चिकित्सकले गरेका थिए । तर रगत जाँचपछि दुई फरक फरक रिपोर्ट आएपछि युवाहरु अस्पताल प्रशासनबिरुद्ध प्रदर्शनमा उत्रिएका थिए ।
स्वस्थ व्यक्तिको रगतमा प्लेटलेट्स डेढ लाखदेखि चार लाखसम्म हुन्छ । शनिबार शर्मिलाको रगतको जाँच गर्दा प्लेटलेट्स २२ हजार मात्रै रहेको रिपोर्टमा उल्लेख थियो । यो रिपोर्टमाथि शंका लागेर परिवारले आइतबार फेरि जाँच गराउँदा १० हजार मात्रै प्लेटलेट्स रिपोर्टले देखाए्रको अजयको आरोप छ । १० हजार मात्रै प्लेटलेटस देखिएपछि चिकित्सकले शर्मिलालाई उपचारकालागि बाहिर तत्काल लैजान भनेका थिए । चिकित्सकले बाहिर लैजान भने पनि शर्मिलाको अवस्था सामान्य देखेपछि परिवारजनले अर्कै अस्पतालमा जाँच गराउँदा सामान्य रिपोर्ट आएको अजयले बताए । एसपी खबरबाट

प्रकाशित मिति: २०२३-०५-२२ , समय : ०२:१७:१४ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित