नक्कली शरणार्थी प्रकरण : पक्राउ परेका सबैलाई थप ३ दिन हिरासतमा राख्न अनुमति

मिति: २०२३-०५-२१ , समय : १९:०९:१२ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

काठमाण्डाै । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबै आरोपीहरूलाई अनुसन्धानका लागि थप तीन दिन म्याद थप भएको छ ।

जिल्ला अदालत काठमाण्डाैले आज आइतवार नक्कली शरणार्थी प्रकरणका आरोपीहरूलाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाण्डौलाई अनुमति दिएको हो । यसअघि लिएको अनुमति हिजो शनिवार सकिएको थियो । हिजो शनिवार परेकोले जिल्ला अदालत काठमाण्डौले हिजोदेखि लागू हुने गरी थप तीन दिन समय दिएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण, तत्कालीन गृह सचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, पूर्व गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, पूर्व सभासद आङटावा शेर्पालगायत बिचौलियाहरूसमेत गरी १६ जना पक्राउ परेका छन् । गिरोहले नक्कली भुटानी शरणार्थी बनाएर आठ सय ७५ जनालाई अमेरिका पठाउने गरी सरकारी कागजातमा नाम थपेको पाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०५-२१ , समय : १९:०९:१२ , २ वर्ष अगाडि