सप्तरीको सोनरामा स्थानीयद्वारा विगत ६ वर्षदेखि बन्द बाटो खुल्यो…

समाचारकाे प्रभाव......

मिति: २०२३-०५-२१ , समय : १७:२४:११ , शुभ नारायण यादब

तस्बिर : गामघर टिभिबाट

शुभ नारायण यादब

राजविराज ।
सप्तरीको महादेवा गाउँपालिका वडा नं. १ सोनरामा विगत ६ वर्षदेखि बन्द सार्वजनिक बाटो बन्द गरिएको भनी गामघर डटकममा समाचार प्रकाशन भएपछि अाज आईतवारदेखि साे बाटाे खुलेको छ । गाउँपालिकाका उपाध्यक्ष अर्चनाकुमारी यादवको पहलमा विगत ६ वर्षदेखि बन्द सार्वजनिक बाटो आईतवारदेखि खुलेको हो । गापा उपाध्यक्ष यादवका अथक पहलमा सो बाटो खुले पछि सयौ स्थानिय लाभान्बित भएको स्थानिय मोहन यादव बताउनुहुन्छ । केही दिन यता यश गामघर डटकम सहितका सन्चार माध्यममा समाचार प्रकाशन तथा प्रशारण भएपछि गाउपालिकाकि उपाध्यक्ष यादवले विगत ६ वर्षदेखि बन्द रहेको बाटो खोलाउन पहल कदमी लिए पछि सो बाटो पुर्णरुपमा आइृतवारदेखि सञ्चालनमा आए पछि सयौ जना लाभान्वि हुने वडा सदस्य रामदेव सदा बताउनुहुन्छ । बाटो खोलाउने अवसरमा वडाध्यक्ष जयश्वर किशोर दास,वडा सदस्यहरु क्मल प्रसेला,लोसपाका युवा नेता सुरेन्द्र प्रसाद यादव,जसपाकानेता मनोज यादव,माओवादीका कृष्णदेव मण्डल,पत्रकार देवराम यादव,पकरी प्रहरी चौकी प्रमुख ,मो. फिरयाद लगायतको सहभागीता रहेको थियो ।
सार्वजनिक बाटो बन्द गर्न गाउँपालिकाकै एक ब्यक्तिले गर्दा अर्को ब्यक्तिले बन्द गरेका थिए । सप्तरीमा बाटो मिचेर अतिक्रमण गरिएका घटना भईरहेको स्थानिय बताउनु हन्छ । सर्वसाधारणले निर्बाध आवागमन गर्न पाउने अधिकारमाथि कुठाराघात गर्दै बाटो रोक्ने गरिएको धटनामा कमी आउनुको सटटा जिल्लामा बढेर गएको देखिन्छ ।

प्रकाशित मिति: २०२३-०५-२१ , समय : १७:२४:११ , २ वर्ष अगाडि