मधेश प्रदेशबाट सशस्त्र प्रहरीले ठुलो परिणाममा गाँजा बरामद

मिति: २०२३-०५-१७ , समय : १८:१६:४७ , गामघर डेस्क

तस्बिर : गामघर टिभिबाट

गामघर डेस्क

जनकपुर ।
सशस्त्र प्रहरीले मधेस प्रदेशको सर्लाहीमा १६६ किलो गाँजा बरामद गरेको छ।

मधेस प्रदेशको सर्लाहीको मलगवा नगरपालिका वडा न. ९ स्थित सीमा इलाकाबाट सशस्त्र प्रहरीले १६६ किलो गाँजा बरामद गरेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो । नेपालबाट भारततर्फ लैजाँदै गरेको १२ पोका गाँजा बरामद गरेको हो।

सशस्त्र प्रहरीलाई देख्ना साथै सोही ठाउँमा गाँजा छाडेर व्यक्ति भने फरार भएका थिए।

यता बरामद गाँजा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०५-१७ , समय : १८:१६:४७ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित