पेट्राेलकाे मुल्य यथावत् , डिजल र मट्टीतेलकाे भाउ लिटरमै १० रुपैयाँले घट्याे….

मिति: २०२३-०५-१७ , समय : ०४:३२:०२ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

काठमाण्डाै । सरकारले पेट्राेलियम पदार्थकाे भाउ घटाएकाे छ । नेपाल आयल निगमले आज राति मङ्गलवारदेखि लागू हुने गरी पेट्राेलियम पदार्थकाे भाउ घटाएकाे हाे ।

निगमले डिजल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँका दरले घटाएकाे छ । अब डिजल र मट्टीतेलकाे भाउ प्रतिलिटर एक सय ५५ रुपैयाँ कायम भएकाे छ । यसअघि डिजल र मट्टीतेल प्रतिलिटर एक सय ६५ रूपैयाँ बिक्री हुँदै आएकाे छ ।

निगमले पेट्रोल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखेको छ । अहिले पेट्राेलकाे भाउ प्रतिलिटर एक सय ७५, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर एक सय ६० र ग्यास प्रतिसिलिन्डर १८ सय रुपैयाँ छ ।

प्रकाशित मिति: २०२३-०५-१७ , समय : ०४:३२:०२ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित