नीति तथा कार्यक्रममा प्रधानमन्त्रीद्वारा सत्तारूढ दलहरूसँग सुझाव माग
मिति: २०२३-०५-१६ , समय : १८:५८:१७ , गामघर डेस्क
मिति: २०२३-०५-१६ , समय : १८:५८:१७ , गामघर डेस्क
गामघर डेस्क
काठमाण्डाै । सरकारले आउँदाे आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रमबारे सत्तारूढ दलहरूसँग छलफल गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मङ्गलवार सिंहदरबारमा सत्तारूढ दलमा आबद्ध नेताहरूलाई बोलाएर सरकारको आउँदाे आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे सुझाव लिनुभएको हो । सरकारले यही जेठ ५ गते आउँदाे आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ ।
नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले बैठकमा नेताहरूले कृषि र पर्यटनलाई जोड दिएर रोजगारी सृजना गर्ने, प्रतिभा पलायन र युवा शक्तिलाई राष्ट्र निर्माणमा परिचालन गर्ने गरी आवश्यक व्यवस्था मिलाउने गरी नीति तथा कार्यक्रम ल्याउन सुझाव दिएको जानकारी दिनुभयाे । समय अभावका कारण केही दलका नेताहरूले सुझाव दिन नभ्याए भोलि बुधवारसम्ममा लिखितरूपमा सुझाव पठाउन पनि प्रधानमन्त्रीले आग्रह गर्नुभएको उहाँले बताउनुभयाे ।
राष्ट्रिय जनमाेर्चाका अध्यक्ष चित्रबहादुर केसीले कृषि, उद्योग, शिक्षा र स्वास्थ्य क्षेत्रमा भएका समस्या समाधान हुने गरी बजेट ल्याउन सरकारलाई सुझाव दिएकाे बताउनुभयो । उहाँले आफूहरूले दिएको सुझाव कार्यान्वयन गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराइएको बताउनुभयो ।
बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सीके राउतलगायत सत्तारूढ दलमा आबद्ध नेताहरू सहभागी थिए । उज्यालो
प्रकाशित मिति: २०२३-०५-१६ , समय : १८:५८:१७ , २ वर्ष अगाडि