गुणस्तरीय शिक्षासगे अतिरिक्त कृयाकलाप गराउनुपर्नेमा जाेड
मिति: २०२३-०५-१६ , समय : १६:४९:०२ , शुभ नारायण यादब
मिति: २०२३-०५-१६ , समय : १६:४९:०२ , शुभ नारायण यादब
शुभ नारायण यादब
छिन्नमस्ता । सप्तरीका सामुदायिक तथा निजि विघालयहरुमा गुणस्तरीय शिक्षासगे अतिरिक्त कृयाकलापहरु पनि गराउनुपर्नेमा जाेड एक कार्यक्रमका सहभागीहरुले दिएका छन । सप्तरीको छिन्नमस्ता गाउपालिका वडा न. ३ सखडा स्थित त्रिमुर्ति सेकेन्डि स्कुलकाे अभिभावक भेला तथा पुरस्कार वितरण समारोहमा सहभागी बक्ताहरुले साे कुरामा जाेड दिएका हुन । स्कुलका सस्थापक जय प्रकाश यादवकाे अध्यक्ष्ाता तथा वडा न.३ का वडाअध्यक्ष बिजय कुमार यादवकाे प्रमुख अातिथ्यमा अायाेजित कार्यक्रममा छिन्नमस्ता गाउपालिकाका शिक्षा शाखाका सन्ताेष कुमार राय , युवा पत्रकार शुभ नारायण यादव , स्थानीय अभिभावकहरु बिहारि मण्डल , राजदेव यादव ,बेजनाथ यादव बेजु लगायतका बक्ताहरुले गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्नेमा जाेड दिएका छन । साेहि कार्यक्रममा विघालयमा सर्बाेत्कृष्ट गर्ने छात्र छात्राहरुलाइ साइकल , झाेला र शेक्षिक सामग्री समेत प्रदान गरेको छ । स्कुलमा प्रथम हुने अजित कुमार ठाकुर , दाेस्राे हुने चान्दनि कुमारी यादव र तेस्रो हुने रितेश मण्डल लगायतका छात्रछात्राहरुलाइ साेहि कार्यक्रममा सम्मान सहित पुरस्कार समेत वितरण गरेको स्कुलका सस्थापक जय प्रकाश यादवले जानकारी दिनुभयो । स्मरण रहाेस उक्त स्कुलले एक जना गरिब तथा विपन्न छात्रलाइ अभिभावकत्व ग्रहण गरि पढाइ लेखाइका सम्पूर्ण खर्च ब्यहाेर्दे अाइरहेकाे छ ।
प्रकाशित मिति: २०२३-०५-१६ , समय : १६:४९:०२ , २ वर्ष अगाडि