रेशम चौधरीको मुद्दामा बहस सकियो , आजै फैसला अाउने सम्भावना
मिति: २०२३-०५-१६ , समय : १३:५४:२८ , गामघर डेस्क
मिति: २०२३-०५-१६ , समय : १३:५४:२८ , गामघर डेस्क
गामघर डेस्क
काठमाडौँ ।
रेशम चौधरीको मुद्दामा बहस सकिएको छ ।
कैलालीको टिकापुरमा २०७२ सालमा भएको नरसंहारका प्रतिवादी रेशमलाल चौधरी लगायतको मुद्दामा आज बहस सकिएको हो ।
सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा परेको उक्त मुद्दामा बहस नसकिएपछि पुनः हेर्दाहेर्दैमा राखिएको थियो ।
मंगलबार बहस सकिएपछि सकेसम्म आजै फैसला आउनसक्ने पनि बताइएको छ ।
यसअघि कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले टिकापुर घटनामा दोषी ठहर गरेपछि रेशमलाल चौधरी अहिले कारागार कार्यालय डिल्लीबजारमा कैद सजाय भुक्तान गरिरहेका छन् ।
जेलबाटै चौधरीले उच्च अदालत दिपायलको फैसलालाई बदर गरी पाउन दिएको पुनरावेदनको रिटमाथि सर्वोच्च अदालतमा बहस भएको थियो ।
प्रकाशित मिति: २०२३-०५-१६ , समय : १३:५४:२८ , २ वर्ष अगाडि