मधेश प्रदेश सरकारलाई दिएको समर्थन एमालेले लियो फिर्ता
मिति: २०२३-०५-१६ , समय : ०७:०५:१५ , गामघर डेस्क
मिति: २०२३-०५-१६ , समय : ०७:०५:१५ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम ।
नेकपा एमालेले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सोमबार साँझ एमाले संसदीय दलका नेता सरोज यादव र प्रमुख सचेतक लखनदाससहित प्रदेश प्रमुख हरिशंकर मिश्र समक्ष पुगेर एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र बुझाएका हुन् ।
मुख्यमन्त्री सरोजकुमार यादवले भनेपछि एमालेका चार मन्त्रीले गत चैत २२ गते मधेश सरकारबाट बाहिरिएका थिए । यधपी समर्थन कायमै राखेको थियो ।
गत पुस १७ गते एमाले लगायतको समर्थनमा मुख्यमन्त्रीमा जसपा संसदीय दलका नेता सरोज कुमार यादव नियुक्त भएका थिए । पुस २९ गते मुख्यमन्त्री यादवसंगै एमाले संसदीय दलका नेता सरोज यादवले पनि विना बिभागीय मन्त्रीको पद तथा गोपनियताको शपथ लिएका थिए ।
केन्द्रमा समिकरण फेरिएपछि मधेश प्रदेश सरकारबाट पनि एमाले आउट भएका थिए । एमाले मधेश प्रदेशसभाको २३ सिटसहित ठूलो शक्ति हो ।
प्रकाशित मिति: २०२३-०५-१६ , समय : ०७:०५:१५ , २ वर्ष अगाडि