मधेश प्रदेश : ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

मिति: २०२३-०५-१५ , समय : २०:२०:१८ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुर ।
मधेस प्रदेशको सर्लाही स्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा मोटरसाइकल र ट्याक्टर एक आपसमा ठोकिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

दुर्घटनामा परेर ४१ वर्षीय गोपालकुमार यादवको मृत्यु भएको प्रहरीले जनाएको छ। उनी नेपाल विद्युत प्राधिकरण चन्द्रपुर शाखामा कार्यरत थिए ।

गत राति करिब ९ बजेको समयमा चन्द्रपुरबाट सर्लाहीस्थित घर जाने क्रममा चन्द्रनिगाहपुर–बागमती सडक खण्डको लच्का नजिकै मोटरसाइकल ट्याक्टरमा ठोकिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

पश्चिमबाट पूर्व जाँदै गरेको प्रदेश २–०३–०२० प २१९४ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको ना २ त २९८३ नम्बरको ट्याक्टरमा ठोक्किएको थियो ।

ठक्कर दिने ट्याक्टर र चालकलाई नियन्त्रणमा राखेर थप अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय चन्द्रपुरका प्रहरी निरीक्षक ठाकुर प्रसाद सापकोटाले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२३-०५-१५ , समय : २०:२०:१८ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित