भारतको कर्नाटक विधानसभा चुनावमा सत्तारुढ बीजेपीभन्दा कांग्रेसको दोब्बर सिटमा अग्रता
मिति: २०२३-०५-१३ , समय : १९:०३:०५ , गामघर डेस्क
मिति: २०२३-०५-१३ , समय : १९:०३:०५ , गामघर डेस्क
गामघर डेस्क
भारत ।
भारतको कर्नाटक विधानसभा चुनावमा कांग्रेसले सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) लाई ठूलो अन्तरले पछि पारेको छ । अहिलेसम्मको परिणाम अनुसार कांग्रेसले बहुमतको आकडा पार गरेको बीबीसी हिन्दीले जनाएको छ । अहिले कांग्रेस एक सय ३० र भाजपा ६६ सिटमा अगाडि रहेको छ ।
जनता दल सेकुलर (जेडीएस) २० सिटमा अघि छ । निकै तीव्र चुनावी अभियानपछि कर्नाटकमा मे १० मा दुई सय २४ सिटका लागि चुनाव भएको थियो । निर्वाचन आयोगको तथ्याङ्क अनुसार यसपटक प्रदेशमा ७३ दशमलव १९ प्रतिशत मतदान भएको छ । जुन प्रदेशकै रेकर्ड हो ।
कर्नाटकको चुनावी नतिजा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लागि निकै महत्त्वपूर्ण मानिन्छ । यस पटक चुनावी प्रचारका लागि मोदी २० पटक कर्नाटक पुग्नुभएको बीबीसी हिन्दीले जनाएको छ ।
कर्नाटकमा कांग्रेसले बहुमत ल्याउँदा भारतमा अर्को वर्ष हुने नयाँ प्रधानमन्त्रीको चुनावमा नरेन्द्र मोदीलाई पछि पार्दै राहुल गान्धी निर्वाचित हुने सम्भावना धेरै रहने पनि बीबीसी हिन्दीले जनाएको छ । एजेन्सीबाट
प्रकाशित मिति: २०२३-०५-१३ , समय : १९:०३:०५ , २ वर्ष अगाडि