सरकारले प्रहरी ऐन २०१२ को केही प्रावधान संशोधन गर्दै ….
मिति: २०२३-०५-१२ , समय : २१:०३:३९ , गामघर डेस्क
मिति: २०२३-०५-१२ , समय : २१:०३:३९ , गामघर डेस्क
गामघर डेस्क
काठमाडौं ।
प्रहरी ऐन २०१२ को केही प्रावधान संशोधन हुने भएको छ । सरकारले बिहीबार विभिन्न ऐन संशोधनसम्बन्धी विधेयक संसद्मा दर्ता गरेकोमा त्यसमा प्रहरी ऐन पनि समावेश छ ।
ऐनमा रहेका दुईवटा प्रावधान संशोधन गर्न लागिएको छ । दफा १५ मा प्रहरी कर्मचारीको कर्तव्यअन्र्तगत १(२) मा रहेको प्रावधान हेरफेर गर्न लागिएको हो । हाल सो उपदफामा ‘सर्वसाधरण जनतासँग शिष्ट व्यवहार गर्ने र स्वास्नीमानिस र केटोकेटीहरूसँग व्यवहार गर्दा पूरा इज्जत र मनासिव नम्रतासाथ व्यवहार गर्ने उल्लेख छ ।’
ad
यसमा रहेका शब्दमा लैंङिगक तटस्थता नभएको भन्दै संशोधन गर्ने प्रस्ताव गरिएको छ । त्यसको सट्टा, ‘सेवाग्राही लगायत सबैसँग शिष्ट र मर्यादित व्यवहार गर्ने,’ राख्ने प्रस्ताव गरिएको छ ।
त्यस्तै, संघीय संरचनाअनुसार अर्काे एक प्रावधान मिलाउन लागिएको छ । प्रहरी विशेष अदालतमा प्रहरी नायब निरीक्षकदेखि प्रहरी नायब उपरीक्षकसम्मको लागि क्षेत्रीय प्रहरी बिशेष अदालत तोकिएकोमा क्षेत्रीय शब्दको सट्टा प्रदेश राख्न लागिएको छ ।
संविधानअनुसार प्रहरी ऐनमा संशोधन गर्नुपर्ने धेरै विषय रहे पनि त्यसलाई भने समाबेश गरिएको छैन । ३० वर्षे सेवाहद हटाउनुपर्ने विषय पनि प्रहरीमा उठ्दै आएपछि त्यो विषयमा पनि कुनै प्रस्ताव छैन ।
सामान्य प्राविधिक विषयहरू मात्र समावेश गरेर प्रहरी ऐन संशोधन गर्न लागिएको छ । प्रदेश सरकारहरूले नयाँ संघीय प्रहरी ऐन ल्याउन पाँच वर्षदेखि दबाब दिदै आएपछि संघीय सरकारले त्यसमा चासो दिएको छैन । नयाँ पत्रिकाबाट
प्रकाशित मिति: २०२३-०५-१२ , समय : २१:०३:३९ , २ वर्ष अगाडि