बढ्दो आधुनिकतासँगै कुम्हार जातिको पुख्र्यौली पेशा संकटमा….राज्यको ध्यान जानू जरुरी

मिति: २०२३-०५-१२ , समय : १५:२३:४२ , शुभ नारायण यादव

तस्बिर : गामघर टिभिबाट

शुभ नारायण यादव

राजविराज ।
बढ्दो आधुनिकतासँगै रेडिमेड सामानहरुको प्रयोगका कारण तराई मधेशका जिल्लाहरुमा बसोवास गर्दै आएका कुम्हार जातिको पुख्र्यौली पेशा संकटमा परेको छ ।
दैनिक जीवनमा प्लाष्टिक तथा धातुका सामानहरुको बढ्दो प्रयोगका कारण माटाका भाडाहरुले बजार नपाएपछि कुम्हार जातिको पेशा संकटमा परेको हो ।
बढ्दो आधुनिकताका कारण माटाको भाडाहरुको साटो स्टिल, प्लास्टिक, अल्मुनियम, तामा तथा पितलका सामानह?को प्रयोग बढेपछि आफूहरुले तयार गरेको माटाको भाडाको माग घट्दै गएको सप्तरीको साबिक पत्थरगाडा गाविस– ४ हाल डाक्नेश्वरी नगरपालिकाका जितन पण्डित (कुम्हार) दुःखेसो सुनाउनु हुन्छ ।
एक दशक अघिसम्म आफूहरुले बनाएका सामानहरुको माग राम्रो रहे पनि हाल आएर ह्वात्तै घटेको सम्झिदै उहाँ भन्नुहुन्छ, “एक दशक अघिसम्म हामीले बनाएका सामानहरुको बिक्री रामै्र हुन्थ्यो तर अहिले हाट बजारमा माटाका सामानह?को बिक्री नै छैन ।”
माटाको भाडा–वर्तनको प्रयोगकर्ताहरु घटेपछि कुम्हार जातिका नयाँ पुस्ताका युवाहरु परम्परागत पेशाबाट बिमुख हुदै अन्य पेशा रोज्न बाध्य भएको ५५ वर्षिय जितनले गुनासो गर्नुहुन्छ । निक्कै मेहनत गरी बनाएको खाना पकाउने हाँडी, घैटो, कौरना, मटकुडा, गमला, खुत्रुके दीयो सहित हाति घोडा सहितका जनावरह?को मुर्ति समेत बजारमा खासै बिक्री नहुने गरेको उहाँले दुःखेसो सुनाउदै भन्नुहुन्छ, “माटाका भाडा वर्तन बनाउन मेहनत धेरै लाग्ने गर्दछ तर मेहनत अनुसारको दाम पाउन गाह्रो छ, त्यसैले यो पेशाबाट रोजीरोटी चलाउन गाह्रो छ ।”
यस्तै दुखेसो रहेको छ सप्तरीको साबिक बरही बीरपुर गाविस–७ हाल छिन्नमस्ता गाउपालिकाका कुमहाल बस्तीका ६० वर्षिय मिश्रीलाल पण्डितको । चौठचन्द, दीपावली र छठ पर्वका बेलामात्र माटाका सामानहरु बिक्रि हुने भएकोले उक्त आम्दानीबाट जिवन धान्न समेत मुश्किल पर्ने गरेको उहाँ बताउनुहुन्छ । आफ्ना सन्तानहरुले पुख्यौली पेशा छाडे पनि अहिलेसम्म आफूले निरन्तरता दिदै आएको छु तर आफू शेष भएपछि यो पेशा नै समाप्त हुने निश्चित रहेकोमा चिन्ता व्यक्त गर्दै उहाँ भन्नुहुन्छ, “परम्परागत पेशा लोप हुने हो कि भनि चिन्ता लागि रहन्छ, माटाका कलात्मक परम्परागत भाडावर्तनलाई प्रयोगमा ल्याईए केही हदसम्म मिल्न सक्दछ ।” माटाका भाडाहरु बनाउने कार्यमा पुस्तौदेखि संलग्न रहँदै आएका कुम्हारह?को पेशालाई निरन्तरता दिनका लागि ब्यवस्थित बजारीकरणका साथै राज्य पक्षबाट प्रोत्साहन दिनुपर्ने माँग कुमहालहरुले गरेका छन ।

प्रकाशित मिति: २०२३-०५-१२ , समय : १५:२३:४२ , २ वर्ष अगाडि