मधेस प्रदेशको सिरहाबाट झन्डै ६३ लाखको आयुर्वेदिक औषधी बरामद

मिति: २०२३-०५-११ , समय : १३:१५:४९ , गामघर डेस्क

तस्बिर : गामघर टिभिबाट

गामघर डेस्क

राजविराज । मधेस प्रदेशको सिरहा जिल्लाबाट प्रहरीले भारतबाट अबैध रुपमा ल्याएको झण्डै ६३ लाख बराबरको आयुर्वेदिक औषधी नियन्त्रणमा लिन सफल भएको छ।

बुधबार दिउँसो सिरहाको लहान नगरपालिका वडा न. ६ घर भई वडा नं. १ बस्ने रवीन्द्रकुमार साहले भारतबाट भन्सार छली गरेर औषधी ल्याएर राखेको गोप्य सूचनाको आधारमा उनको घरबाट औषधी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

जिल्ला तथा इलाका प्रहरी कार्यालय सिरहा लहानबाट खटेको प्रहरीको संयुक्त टोलीले साहको घरको बरण्डामा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याइएका अन्दाजी ६२ लाख ७५ हजार बराबरको औषधी बरामद गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रवीन्द्रराज पाण्डेले जानकारी दिए।

यता बरामद गरिएको आयुर्वेदिक औषधीहरू भन्सार कार्यालयमा बुझाएको तथा घटनाको थप अावश्यक अनुसन्धान कार्य भइरहेको सिरहा प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०५-११ , समय : १३:१५:४९ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्