जसपा नेपालको विधान महाधिवेशन असारमा सर्यो
नागरिकतासम्बन्धी विधेयक अघि बढाउन माग....
मिति: २०२३-०५-१० , समय : १९:४३:१७ , गामघर डेस्क
मिति: २०२३-०५-१० , समय : १९:४३:१७ , गामघर डेस्क
गामघर डेस्क
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले पार्टीको विधान महाधिवेशनको मिति सारेको छ । यसअघि १,२ र ३ जेठमा गर्ने तय गरेको जसपाले बुधबार बसेको कार्यकारिणी समितिको बैठकबाट असारको ९, १० र ११ मा काठमाडौँमा गर्ने निर्णय गरेको हो ।
जसपा प्रवक्ता मनिष सुमनका अनुसार केन्द्रीय कार्यकारिणी समितिको बैठकले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणको स्वतन्त्र र निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारसँग माग गरेको छ ।
यस्तै, जसपाले संसदबाट दुईपटक पारित भई राष्ट्रपतिसमक्ष पेश गरिएको नागरिकता सम्बन्धी विधेयक अविलम्व पारित गरी कार्यान्वयनमा ल्याउन समेत सरकारलाई आग्रह गरेको छ ।
पछिल्लो समय प्रदेश १ को नामकरणका विषयमा उत्पन्न विवादमा छलफल गरी समस्या समाधान गर्न पनि जसपाले सरकारसँग आग्रह गरेको छ । ‘जारी आन्दोलनमा दमन बन्द गरी प्रदेशको पुनः नामकरणका लागि आन्दोलनकारी पक्षसँग वार्ताद्वारा समस्या समाधान गर्न प्रदेश तथा संघीय दुवै सरकालाई झकझक्याउने निर्णय गरेका छौं’, प्रवक्ता सुमनले भने ।
बुधबारको बैठकले सरकारमा पठाउन बाँकी एक जना मन्त्रीको नाम टुंगो लगाउने भनिएको थियो , तर उक्त विषयमा छलफल नै नभएको उनले बताए । ‘मन्त्रीको विषयमा छलफल भएको छैन । अध्यक्ष उपेन्द्र यादवले आकांक्षीहरूसँग छलफल गरेर निर्णय लिनुहुन्छ’ प्रवक्ता सुमनले भने । अनलाइनखबरबाट
प्रकाशित मिति: २०२३-०५-१० , समय : १९:४३:१७ , २ वर्ष अगाडि