नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता खाणलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

मिति: २०२३-०५-१० , समय : १६:५८:३२ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाण्डाै । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई चार दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।

आज बुधवार खाणलाई म्याद थपका लागि जिल्ला अदालत काठमाण्डौ लगेकोमा अदालतले चार दिन म्याद थपको अनुमति दिएको प्रहरीले जनाएको छ । प्रहरीले अनुसन्धानका लागि भन्दै खाण र उहाँका निजी सचिव नरेन्द्र केसीलाई आज बिहान निवासबाटै पक्राउ गरेको हो ।

यो प्रकरणमा समातिएकाहरूले खाणकी पत्नी मञ्जुलाई छ करोड रुपैयाँ बुझाएको अडियो बाहिरिएको थियो । त्यो अडियोमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री एवम् एमाले सचिव टोपबहादुर रायमाझी भने फरार हुनुहुन्छ ।

प्रहरीले यसअघि सचिव टेकनारायण पाण्डे, टोपबहादुर रायमाझीका छोरा सन्दीप, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङसहित १० जनालाई पक्राउ गरिसकेको छ । उज्यालो

प्रकाशित मिति: २०२३-०५-१० , समय : १६:५८:३२ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित