पाकिस्तानमा पूर्व प्रधानमन्त्री इमरान खानको पक्राउलाई लिएर प्रदर्शन चर्कियो

मिति: २०२३-०५-१० , समय : ०८:०७:३७ , गामघर डेस्क

तस्बिर : एजेन्सीबाट

गामघर डेस्क

पाकिस्तान । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान पक्राउ परेपछि प्रदर्शन चर्किएको छ ।

पाकिस्तानका विभिन्न सहरमा भएको प्रदर्शनमा कम्तिमा ४३ जना प्रदर्शनकारी पक्राउ परेका छन् ।

पूर्व प्रधानमन्त्री खानलाई हिजो इस्लामाबादमा अदालत परिसरबाट पक्राउ गरिएको थियो ।

भ्रष्टाचारसम्बन्धी आरोप लगाइएको मुद्दाबारे उहाँ अदालतमा उपस्थित हुन लाग्नुभएको थियो ।

पूर्व प्रधानमन्त्री खानविरुद्ध अन्य थुप्रै मुद्दा चलिरहेका छन् । यद्यपि आफूमाथि लगाइएका सबै आरोप राजनीतिक रूपले प्रेरित भएको भन्दै पूर्व प्रधानमन्त्री खानले तिनलाई अस्वीकार गर्दै आउनुभएको छ।

उहाँको दल पीटीआईका कार्यकर्ताले विभिन्न ठाउँमा प्रदर्शन र तोडफोड गरेका छन् ।

इस्लामाबादमा प्रदर्शनले उग्र रूप लिएको छ । कम्तीमा ४३ प्रदर्शनकारी पक्राउ परेका र तीन जना प्रहरी घाइते भएका बीबीसीले जनाएको छ । एजेन्सीबाट

प्रकाशित मिति: २०२३-०५-१० , समय : ०८:०७:३७ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्