बेलायतका राजा चार्ल्स तृतीय र महारानी क्यामिलालाई विश्वका शीर्ष नेताहरूद्वारा बधाई

मिति: २०२३-०५-०७ , समय : ०७:२३:०२ , गामघर डेस्क

तस्बिर : एजेन्सीबाट

गामघर डेस्क

काठमाण्डौ । अमेरिका, चीनसहित युरोपेली देशका शीर्ष नेताहरूले बेलायतका राजा चार्ल्स तृतीय र महारानी क्यामिलालाई राज्याभिषेकका लागि बधाई दिएका छन् ।

उनीहरुले राज्याभिषेकका अवसरमा आपसी ‘सहयोग’ र ‘शान्ति’ का लागि आह्वान समेत गरेका छन् ।

अमेरिकाका राष्ट्रपति जो वाइडेनले लण्डनमा भएको भव्य समारोहमा उहाँहरूलाई बधाई व्यक्त गर्नुभयो ।

जो वाइडेनले ‘अमेरिका र बेलायतबीचको स्थायी मित्रता’ प्रति सद्भाव व्यक्त गर्नुभएको बीबीसीले जनाएको छ ।

त्यस्तै चीनका राष्ट्रपति सी चिनफिङले राजा चार्ल्स तृतीयको कार्यकालको सफलताको कामना गर्दै बेलायतलाई ‘स्थिर र पारस्परिक लाभका लागि काम गर्न’ आग्रह गर्नुभएको छ ।

युरोपेली सङ्घ (ईयू)की कार्यकारी प्रमुख, युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले राज्याभिषेकलाई ‘बेलायती राजशाहीको स्थायी शक्तिको प्रमाण’ भन्नुभएको छ ।

लन्डनको प्रसिद्ध गिर्जाघर वेस्टमिन्स्टर एबीमा हिजो भएको राज्याभिषेक समारोहमा राजा चार्ल्स तथा उहाँकी पत्नी क्विन कन्सोर्ट क्यामिलालाई राजमुकुट पहिर्‍याइएको छ । एजेन्सीबाट

प्रकाशित मिति: २०२३-०५-०७ , समय : ०७:२३:०२ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्