मधेश प्रदेशमा नाेटबन्दि सगे नक्कली रुपैयाँको बिगबिगी , नेपाली रुपैयाँसहित दुई जना पक्राउ

मिति: २०२३-०५-०४ , समय : १६:२८:३३ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

जनकपुर । पछिल्लो केही समययता मधेश प्रदेशमा नाेटबन्दि सगे नक्कली रुपैयाँको बिगबिगी बढेको छ ।
साेहि क्रममा प्रहरीले मधेस प्रदेशकाे वीरगंज महानगरपालिका १६ बाट दुई जनालाई नक्कली नेपाली नोटसहित पक्राउ गरेको छ ।

बुधबार दिउँसो दुई जनालाई १ हजार दरको ४ सय ५० थान र ५ सय दरको ७२ थान गरी जम्मा ४ लाख ८६ हजार नक्कली रुपैयाँसहित प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सर्लाही गोडैता नगरपालिका १२ मधुवनी बस्ने ३४ वर्षीय आनन्द बर्दन सिंह र बारा परवानीपुर गाउँपालिका ३ बस्ने ३६ वर्षीय ओम प्रकाश साह रहेका छन् ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बसपार्कतर्फबाट प्रतिमा चोकतर्फ जादै गरेको बीआर ०१ पीजी ६५७७ नम्बरको भारतीय गाडीलाई जाँच गर्ने क्रममा उक्त नक्कली नोटसहित फेला पारी चालक सिंह र गाडीमा सवार साहलाई पक्राउ गरेको थियो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०५-०४ , समय : १६:२८:३३ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित