मधेस प्रदेशका लज तथा हाेटलहरुमा यौन व्यवसायी फष्टाउदे… सञ्चालक सहित सात जना यौनकर्मी पक्राउ
मिति: २०२३-०५-०४ , समय : १४:०३:२४ , गामघर डेस्क
मिति: २०२३-०५-०४ , समय : १४:०३:२४ , गामघर डेस्क
गामघर डेस्क
जनकपुर । पछिल्लोकेही समययता मधेस प्रदेशका विभिन्न जिल्लाहरुमा याेन व्यवसायी फष्टाउदे गएको छ ।
साेहि क्रममा रौतहट प्रहरीले गरुडा बजारबाट दुई जना यौनकर्मी महिला, होटेल सञ्चालकसहित ७ जना जनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय गौर र इलाका प्रहरी कार्यालय गरुडाबाट खटेको संयुक्त टोलीले गरुडा स्थित अनिता होटेल एण्ड लजमा छापामारी होटेल सञ्चालकसहित ७ जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा होटेल सञ्चालक माधव नारायण नगरपालिका वडा नं. ३ का निरञ्जन यादव, दुई जना यौनकर्मी महिला तथा चारजना पुरुष रहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायव उपरीक्षक ओमप्रकास खनालले जानकारी दिए ।
बुधबार साँझ अनिता होटेलमा यौनजन्य क्रियाकलाप भइरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालयको संयुक्त प्रहरी टोलीले छापामारी उनीहरूलाई नियन्त्रणमा लिएको डिएसपी खनालले जानकारी दिए ।
यसअघि प्रहरीले गौर स्थित होटेल रोयल ईन्दु र साहिवा ब्युटी पार्लरमा छापामारी यौन धन्धामा संलग्न झन्डै एक दर्जन महिला पुरुष तथा सञ्चालकलाई पक्राउ गरेको थियो ।
प्रकाशित मिति: २०२३-०५-०४ , समय : १४:०३:२४ , २ वर्ष अगाडि