बुर्किना फासोमा सैन्य शिविरमा विद्रोही समूहको आक्रमण : ३३ जना सैनिकको मृत्युु

मिति: २०२३-०४-२९ , समय : १२:५०:४४ , गामघर डेस्क

तस्बिर : एजेन्सीबाट

गामघर डेस्क

दक्षिण अफ्रिका ।
दक्षिण अफ्रिकी देश बुर्किना फासोमा रहेको एउटा सैन्य शिविरमा विद्रोही समूहले आक्रमण गरेको छ । घटनामा ३३ जना सैनिकको ज्यान गएको छ ।

कम्तीमा १२ जना घाइते भएका छन् । सेनाले बिहीवार ४० जना विद्रोहीको हत्या गरेलगत्तै विद्रोही समूहले सैन्य शिविरमा आक्रमण गरेको हो ।

बुर्किना फासोमा सन् २०१५ देखि विद्रोही समूहका गतिविधि तीव्र भएको थियो । अहिलेसम्म दुवैतर्फ गरी १० हजारभन्दा धेरैको ज्यान गइसकेको छ ।

देशको एक तिहाई भूभाग सरकारको नियन्त्रणभन्दा बाहिर रहेको अल जजिराले जनाएको छ । एजेन्सीबाट

प्रकाशित मिति: २०२३-०४-२९ , समय : १२:५०:४४ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित