कोशी प्रदेशकी पूर्वसांसद गुलेफुन खातुनद्वारा आत्मसमर्पण : अदालतको फैसला अनुसार जेल चलान

मिति: २०२३-०४-२९ , समय : १२:४७:४९ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

काठमाण्डाै । सरकारी सहीछाप किर्ते मुद्दामा दोषी ठहर कोशी प्रदेशकी पूर्वसांसद गुलेफुन खातुनले आत्मसमर्पण गर्नुभएको छ । उहाँले हिजो जिल्ला अदालत मोरङमा आत्मसमर्पण गर्नुभएको हो ।

लगत्तै उहाँलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी एवं प्रवक्ता रञ्जन दाहालले जानकारी दिनुभयो । उहाँ ६ वर्षदेखि फरार हुनुहुन्थ्यो । प्रदेश सांसद रहेकै बेला खातुनलाई ‘सरकारी सहीछाप र दस्तखत किर्ते’ मुद्दामा जिल्ला अदालत मोरङले एक वर्ष कैद र ५० हजार रुपैयाँ जरिबानाको फैसला गरेको थियो । साथै उहाँका श्रीमान् शेख शिलबरलाई पनि बराबरी सजाय र जरिबानाको फैसला सुनाइएको थियो ।

यो मुद्दामा तत्कालीन गाविसका कर्मचारी विजय कामत र दीपचन्द मण्डललाई भने कर्मचारी भएका कारण २ वर्ष सजायको फैसला भएको थियो । खातुन कोशी प्रदेश सभामा एमालेबाट समानुपातिक सांसद बन्नुभएको थियो ।

जिल्ला अदालतको फैसलाविरुद्ध उहाँले २०७४ भदौमा उच्च अदालत विराटनगरमा पुनरावेदन गर्नुभएको थियो । उच्च अदालतले खातुनका श्रीमानलाई मात्रै सफाइ दियो भने खातुनविरुद्ध एक वर्ष कैद र १४ हजार ५ सय ८३ रुपैयाँ जरिबानाको फैसला सुनायो ।

दुई कर्मचारीविरुद्ध भने जिल्ला अदालतकै फैसला सदर भएको थियो । उनीहरुले जेल सजाय काटिरहेका छन् । खातुन उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च पुगे पनि सर्वोच्चबाट निस्सा नपाएपछि सांसद पद खारेज भएको थियो । उज्यालो अनलाइनबाट

प्रकाशित मिति: २०२३-०४-२९ , समय : १२:४७:४९ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित