इमानदार र पारदर्शी भएर काम गर्न भन्सार कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन
मिति: २०२३-०४-२७ , समय : १२:२२:११ , गामघर डेस्क
मिति: २०२३-०४-२७ , समय : १२:२२:११ , गामघर डेस्क
गामघर डेस्क
विराटनगर । अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सारका कर्मचारीलाई इमानदारिताका साथ पारदर्शी भएर काम गर्न निर्देशन दिनुभएको छ।
आज विराटनगर पुग्नुभएका उहाँले विराटनगर भन्सार कार्यालयको निरीक्षणपछि भन्नुभयो,’तपाईँहरु राज्यको राजस्व सङ्कलन जस्तो संवेदनशील सेवामा हुनुहुन्छ । कुनै पनि तहमा माथि देखाएर आफ्नो जिम्मेवारीको दुरुपयोग गर्ने अथवा अनुचित काम गर्ने छुट कसैलाई छैन ।’
मन्त्री डा महतले कर्मचारीको मूल्याङ्कन कामका आधारमा हुने पनि स्पष्ट गर्नुभयो । उहाँको भनाइ थियो – ‘कर्मचारीले आफ्नो जिम्मेवारी इमानदारिताका साथ पारदर्शी रुपमा पूरा गर्नुहुनेछ।’
उहाँले यो आर्थिक वर्षको असारसम्ममा भन्सार असुलीको प्रतिशत निकै बढ्ने आफूले अपेक्षा गरेको पनि बताउनुभयो । तर राजस्व बढाउने नाममा करदातालाई अनावश्यक दुःख नदिन पनि उहाँले निर्देशन दिनुभयो।
मन्त्री डा. महतले भन्नुभयो,’समग्रमा हामी पारदर्शीताका साथ काम गरौँ, सेवाग्राहीलाई सहज र सौहादपूर्ण वातावरण निर्माण गरौँ, नियम कानुन अनुसार काम गरौँ हामीले गर्नुपर्ने काममा सम्झौता नगराैँ।’
प्रकाशित मिति: २०२३-०४-२७ , समय : १२:२२:११ , २ वर्ष अगाडि