सप्तरीको महादेवा गाउपालिकामा बर्षौदेखि सार्वजनिक बाटो बन्द
मिति: २०२३-०४-२६ , समय : १२:४९:२९ , गामघर डेस्क
मिति: २०२३-०४-२६ , समय : १२:४९:२९ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
सप्तरीको महादेवा गाउँपालिका वडा न. १ स्थित एक सार्वजनिक बाटोमा टाटी लगाएर बन्द गरिएको छ । स्थानीय श्रवन मण्डलले विगत वर्षै वर्षदेखि बाटो अबरुद्ध गरेको हो ।
छिमेकी रामकुमार यादवसंग जग्गा सम्बन्धि विवाद उत्पन्न भएपछि उहाँले बाटो हिड्नलाई समस्या हुने गरी घरको टाटी लगाएर बाटो छेकेको स्थानीयले बताएका छ्न । बाटो छेकेपछि सर्वसाधारणलाई आवतजावतमा समस्या हुने गरेको स्थानीयले जनाएका छन् । उक्त बाटो भएर आवतजावत ठप्प हुँदा दैनिक उपभोग्य बस्तुसमेत ओसारपसारमा कठिनाई भएको स्थानीयले बताएका छन् ।बाटोमा घरको टाटी लगाए पछि घर पुग्नै पनि संकट रहेको स्थानीय अशोक यादवले बताउनु भयो । उहाँले विरामी पर्दा एम्बुलेन्स समेत छिर्न सकिदैन भने ग्यास सिलिण्डरसहितका दैनिक उपभोग्य सामाग्री घरसम्म लैजान पनि मरुञ्जेल बोकेर लानुपर्ने बाध्यता छ । विगत वर्षदेखि बाटो छेक्दा समेत बाटो खोल्नेतर्फ कसैले चासो नदिएको स्थानीयहरु बताउनु हुन्छ ।
बाटो छेकेको बारे महादेवा गाउँपालिकाका अध्यक्ष सुनिलकुमार मण्डललाई जानकारी गराउँदा समेत कुनै सुनुवाई नभएको स्थानीयहरुको गुनासो छन । उक्त बाटोमा महादेवा गाउँपालिकाले २०७५÷०७६ मा लाखौं लगानी गरि मार्मत सम्भार तथा माटो,ग्राभेल हाल्ने कार्यसमेत गरेको छ । गाउँपालिका अध्यक्ष मण्डलले बाटो अवरोध खोल्ने प्रयास भइरहेको बताउनु भयो । उहाँले बाटो खोल्नको लागि स्थानियसंग बस्ने समय मिलाईरहेको प्रतिक्रिया दिनु भयो ।
महादेवा गाउँपालिका १ का श्रवण मण्डलले आफु सुकुम्बासी रहेकोले बाटो छेकेको स्वीकार गर्नु भयो । उहाँले आफु सुकुम्बासी भएको कारण बाटो छेकेको बताउनु भयो । श्रवण मण्डल,रामकुमार यादव,गगांप्रसाद यादव,गगांई मण्डल,भिमा मण्डल,जुगेश्वर मण्डल,देवकुमार साह,गगांई यादव,योगेन्द्र यादव लगायतले बाटो अतिक्रमण गरेको कारण दुबैतर्फबाट बाटो खोल्न सहमत नभएको कारण बाटो बन्द रहेको स्थानिय बताउँछन । महादेवा गाउँपालिकाका उपाध्यक्ष अर्चनाकुमारी यादवले बाटो हिड्न समस्या भएकोबारे कुनै आधिकारिक जानकारी नआएको बताईन । बाटो छेकेको कुरा सामाजिक संजाल र मौखिक रुपमा स्थानीयले सूचना दिएपनि औपचारिक रुपमा कतैबाट जानकारी नदिएको भन्दै पन्छिन खोजिन । उहाँले यस विषयमा चाडै स्थानियसंग वसेर बाटो खोल्ने बताईन ।
स्थानीयका अनुसार छिमेकी विचको विवादलाई लिएर मण्डलले पहुँचको बलमा सार्वजनिक बाटो अवरोध गरेका हुन । चुनावको बेला भोट लिने र समस्या पर्दा पन्छिन खोज्ने जनप्रतिनिधिहरुको रबैया ठिक नभएको आरोप लगाउँदै स्थानीयले बाटोको समस्या समाधानमा सरोकारवालाको ध्यानाकर्षण समेत गराएको छ ।
प्रकाशित मिति: २०२३-०४-२६ , समय : १२:४९:२९ , २ वर्ष अगाडि