कर्मचारी संगठन सप्तरीको पाँचौ जिल्ला अधिवेशन सम्पन्न

मिति: २०२३-०२-२५ , समय : १८:४०:०२ , गामघर डेस्क

कार्यक्रममा सहभागीहरु....

गामघर डेस्क

राजविराज । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती सप्तरीको पाँचौ जिल्ला अधिवेशन जिल्ला समन्वय समितिको सभा कक्षमा अाज एक समारोह विच सम्पन्न भएको छ । संगठनका केन्द्रिय अध्यक्ष हरि बहादुर रावलले अगामी दिनमा कर्मचारी हक,हितमा नितीगत निर्णय गरेर जानुको बिकल्प नरहेको बताउनु भयो । उहाँले निजामती कर्मचारीको पुराना ऐन,नियम परीमार्जन गरेर गए मात्र कर्मचारीको हितमा हुने बताउनु भयो ।

उहाँले संधिय निजामति कानुन बनाएर जानको लागी सरकारसंग गृहकार भई रहेको बताउनुभयो । अध्यक्ष रावलले पार्टी र संगठन बनाउन सवैले नयाँ शिराबाट अगाडी बढनु पर्ने बताउँदै भावनागत रुपमा एकता गतबाट भएर अगाडी बढने पर्ने बताउनु भयो । उहाँले सामुहिक रुपमा आत्मआलोचना गरेर नयाँ शिराबाट अगाडी बढने बैला आएको बताउनु भयो । संगठनका फयाक्सन ईन्चार्य गोरी प्रसाद सिंहले मुलुक संकटग्रस्त अबस्थाबाट गुज्रिरहेकोले यस तर्फ सवैको ध्यान पुग्नु पर्नेमा जोड दिनुभयो । हाम्रो स.गठन जनताप्रति उक्तरदायित्व भएर काम गर्नु पर्ने बताउनु हुदै कर्मचारीमा नौकरशाही प्रवृति बढेर गएकोमा चिनता ब्यक्त गर्नु भयो । उहाँले हाम्रो संगठन जनतासंग एकाकार भएर जाने पक्षमा रहेको बताउनु भयो । सिंले हाम्रो संगठन नयाँ विचार,निती,सिद्दान्त लिएर स्थापना भएको संगठन भएको बताउदै जनता र मुलुक लुटने नभएको बताउनु भयो । जिममेवार बनाउनको लागी हाम्रो संगठन बनेकाले आ आफनो ठाउँबाट सवै रुपान्तर हुने समय आएको बताउनु भयो । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती ,सप्तरीका अध्यक्ष छोटे लाल यादवको अध्यक्षतामा सम्पन्न उदधाटन कार्यक्रममा नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्यद्घय सुर्यनाथ यादव,उमेश यादव,बैक्लिपिक केन्द्रीय सदस्य अरुण साह,सगठनका उपाध्यक्ष उमेश प्रसाद यादव,मधेश प्रदेस सभा सदस्य माला कर्ण, डा.सुर्य प्रसाद यादव,सेवा निवृत कर्मचारी स.गठनका के.स. अभिनास सिह,टे्रठ युनियन सप्तरकिा अधयक्ष अजय कुमार झा,संगठनका मधेस प्रदेशका अध्यष विनोद कुमार चौधरी, कर्मचारी युनियन सप्तरीका अध्यक्ष सुयृकानत झा, प्रमोद कुमार यादव,संगठनका धनुषा अध्यक्ष मुनेश्वर यादव, मनोज यादव लगायत अधिवेशन सफलताको शुभ कामना दिनु भएको थियो ।

प्रकाशित मिति: २०२३-०२-२५ , समय : १८:४०:०२ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित