चितवन २ उपनिर्वाचन : दिउँसो १ बजेदेखि मतगणना सुरु गर्ने सहमति
मिति: २०२३-०४-२४ , समय : १२:२८:५० , गामघर डेस्क
मिति: २०२३-०४-२४ , समय : १२:२८:५० , गामघर डेस्क
गामघर डेस्क
चितवन । चितवनमा दिउँसो १ बजेदेखि मतगणना सुरु हुनेभएको छ । बिहान बसेको सर्वदलीय बैठकले चितवन क्षेत्र नम्बर २ को उपचुनावको मतगणना आज दिउँसो १ बजेदेखि सुरु गर्ने सहमति गरेको हो।
नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार रहनुभएका जित नारायण श्रेष्ठले बिहान बसेको सर्वदलीय बैठकले दिउँसाे १ बजेदेखि मतगणना गर्ने निर्णय गरेको जानकारी दिनुभयो । चितवन क्षेत्र नम्बर २ मा रास्वपाका सभापति रवि लामिछाने, नेकपा एमालेका रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ उम्मेदवार छन् ।
उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा मतगणना हुँदै छ । मतगणनास्थलमै बसेको सर्वदलीय बैठकमा रास्वपा उम्मेदवार लामिछानेले आचारसंहिता उल्लङ्घन गरेको भन्ने नेपाली कांग्रेसको उजुरीबारे केन्द्रमा लेखेर पठाउने, सामाजिक सञ्जालमा जथाभाबी लेख्नेहरुमाथि कारबाहीका लागि प्रहरीलाई जानकारी गराउने र प्रमुख जिल्ला अधिकारीको भूमिकाबारे मुख्य निर्वाचन अधिकृतले आवश्यक निर्णय लिने सहमति समेत भएको श्रेष्ठले बताउनुभएको छ ।
प्रकाशित मिति: २०२३-०४-२४ , समय : १२:२८:५० , २ वर्ष अगाडि