सप्तरीमा विधालयकाे पाठ्यपुस्तक खरिदमा व्यापक कमिसनकाे चलखेल
मिति: २०२३-०४-२४ , समय : ०८:५२:५२ , शुभ नारायण यादब
मिति: २०२३-०४-२४ , समय : ०८:५२:५२ , शुभ नारायण यादब
शुभ नारायण यादब
राजविराज ।
नयाँ शैक्षिक सत्र सुरुभएसँगै पाठ्यपुस्तक हरेक विद्यालयमा पु–याएर वितरण शुरु भएको छ । समयमा पाठयपुस्तक वितरण हुदाँ शैक्षिक अवस्थामा सुधार हुने अभिभावकहरु बताउँछन । तर सप्तरीका अधिकाश विघालयमा पाठयपुस्तक खरिदमा व्यापक कमिसनको चलखेल भएको खुलासा भएको छ । विभिन्न पुस्तक स्टेशनरि पसलबाट पाठयपुस्तक खरिद गर्दा ५ देखि २० प्रतिशत सम्म विघालयका प्रधानाध्यपक तथा गाउपालिका नगरपालिकाका शिक्षा शाखाले कमिसन पाउने गरेको स्रोतले जनाएको छ । स्रोतका अनुसार पाठयपुस्तक बिक्रीवितरण कार्यमा व्यापक मात्रामा कमिसनको चलखेल भइरहेको छ । तर सम्बन्धित निकाय माेन रहेको अाराेप लगाएका छन । यता गतवर्ष पाठ्यपुस्तकको अभाव शैक्षिक सत्र सुरु भएको सात÷आठ महिनासम्म भइरहँदा सामुदायिक विद्यालयका शैक्षिक गतिविधि नै प्रभावित भएको थियो ।
सप्तरीको महादेवा गाउँपालिका वडा न.–१ स्थित नरबहादुर थापा जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक नागेन्द्रप्रसाद सिंहका अनुसार यस वर्ष समयमा पाठ्यपुस्तक आएको हो। पाठ्यपुस्तक वितरण गरेपछि शैक्षिक सत्रमा पढाइ पनि आधा वैशाखबाट नै सुचारु हुने तयारी रहेको बताउनु भयो । पाठ्यपुस्तक समयमै पु–याउन सम्बन्धित निकायहरूले देखाएको तदारुकता प्रशंसनीय छ।
सप्तरीमा पाठ्यपुस्तक पु–याउने बिक्रेता संजय पुस्तक भण्डार राजविराजका सञ्चालक संजय साहका अनुसार पाठ्यपुस्तक ल्याएर विद्यालयमा पु–याउने कार्य तीव्र गतिमा भइरहेको बताउनु भयो । उहाँले जिल्लाका १८ वटै पालिकाले पाठ्यपुस्तकका लागि निकासा भएको रकम समयमै निकासा दिँदा सजिलो हुने बताउनु भयो ।
स्थानीय अभिभावक रामगति यादवले यस वर्ष निजी विद्यालयभन्दा पनि चाँडो पाठ्यपुस्तक पु–याउने सरकारको कार्यबाट अभिभावकहरू खुसी छन्। उहाँले सामुदायिक विद्यालय र निजी विद्यालयको पाठ्यपुस्तकमा समानता ल्याइदिए झनै राम्रो हुने बताउनु भयो ।
सबै स्थानीय तहले पाठ्यपुस्तक र शिक्षकहरूको पोसाक भत्ता लगायतका रकम निकासा गर्नेतर्फ सहजीकरणका लागि पहल थालिसकेको जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनारायण साहले बताउनुभयो। सामुदायिक विद्यालयको सुधारका लागि आवश्यक संयन्त्र बनाएर नियमित अनुगमनलाई निरन्तरता दिइने उहाँले बताउनुभयो।
प्रकाशित मिति: २०२३-०४-२४ , समय : ०८:५२:५२ , 2 years अगाडि