तराईका जिल्लाहरुमा हावाहुरी,काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना
मिति: २०२३-०४-२४ , समय : ०८:२३:१५ , गामघर डेस्क
मिति: २०२३-०४-२४ , समय : ०८:२३:१५ , गामघर डेस्क
गामघर डेस्क
काठमाण्डाै । काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रमा आज पनि पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
मौसमविद् गोविन्द झाका अनुसार काठमाण्डौसहित बाग्मती प्रदेश र गण्डकी प्रदेशका केही ठाउँमा बिहानदेखि नै पानी परिरहेको छ । यस्तै, अन्य पहाडी क्षेत्रका एक/दुई ठाउँमा पनि मेघगर्जन र चट्याङसहित पानी पर्ने अनुमान गरिएको छ ।
काठमाण्डौ उपत्यकामा गएरातिदेखि नै पानी परिरहेको छ । लगातार झरी नपरे पनि पानी पर्ने र रोकिने क्रम चलिरहेको छ । आज दिनभरिकै मौसम यस्तै रहने सम्भावना रहेको मौसमविद् गोविन्द झाले बताउनुभयो । बिहानैदेखि देशभरको मौसम बदली भएको छ ।
आज दिउँसो केही ठाउँमा घाम लागे पनि फेरि बादल लाग्ने मौसमविद्ले बताएका छन् । मौसमविद्का अनुसार स्थानीय वायुसँगै भारतको मध्यप्रदेशमा बनेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण मौसम बदली भएको हो ।
यस्तै आज तराईका जिल्लाहरुमा हावाहुरी चल्ने अनुमान गरिएको छ । तीव्र गतिमै हावाहुरी चल्ने अनुमान रहेकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह छ।
प्रकाशित मिति: २०२३-०४-२४ , समय : ०८:२३:१५ , २ वर्ष अगाडि