चितवन २ र बारा २ मा आज बिहानपछि मात्रै मतगणना हुने, तनहुँ १ मा स्वर्णिम वाग्लेको अग्रता….
मिति: २०२३-०४-२४ , समय : ०५:५४:३८ , गामघर डेस्क
मिति: २०२३-०४-२४ , समय : ०५:५४:३८ , गामघर डेस्क
गामघर डेस्क
काठमाण्डाै । प्रतिनिधि सभा सदस्य उपचुनाव अन्तर्गत चितवन २ र बारा २ को मतगणना आज बिहानपछि मात्रै सुरु हुने भएको छ ।
चितवनमा गएराति सर्वदलीय बैठक बस्न नसकेपछि आज बिहान ८ बजे सर्वदलीय बैठकपछि मात्रै मतगणना सुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेविरुद्ध आचारसंहिता उल्लंघनको घटना छानबिन नभइ मतगणना नगर्ने नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारको अडानका कारण मतगणनामा ढिलाइ भएको हो ।
यस्तै बारा २ को मतगणना पनि आज बिहानदेखि सुरु गर्ने तयारी भएको छ । गएराति नै मतपेटिका संकलन सकिएको भए पनि आज मात्रै सर्वदलीय बैठक बसेर गणना सुरु गर्ने तयारी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यसेबिच हिजो आइतवार भएको उपचुनाव अन्तर्गत तनहुँ १ मा मतगणना सुरु भएको छ । रातिदेखि मतगणना सुरु भएको हो । अहिलेसम्म करिब ५ हजार मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता लिनुभएको छ ।
उहाँ कांग्रेस उम्मेदवार गोविन्द भट्टराईभन्दा दोब्बर मतले अगाडि रहनुभएको छ । वाग्लेले २ हजार ७६७ मत ल्याउँदा भट्टराईले १ हजार २८५ मत प्राप्त गरेका गर्नुभएको छ । एमाले उम्मेदवार सर्वेन्द्र खनालको ८२० मत छ ।
अहिलेसम्म भानु नगरपालिका वडा नम्बर १० र आँबुखैरेनी गाउँपालिका वडा नम्बर १ को मतगणना सकिएको छ ।
प्रकाशित मिति: २०२३-०४-२४ , समय : ०५:५४:३८ , २ वर्ष अगाडि