मधेस प्रदेश : अनलाइन मार्फत ठगी गर्ने ६ जना पक्राउ

मिति: २०२३-०४-२३ , समय : १७:०७:०२ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम ।
मधेस प्रदेशकाे धनुषामा अनलाइन मार्फत ठगी गरेको आरोपमा ६ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनुषाको विदेह नगरपालिका १ बस्ने ४० वर्षीय संजिब भिनवार यादव, कमला नगरपालिका ३ बस्ने २५ वर्षीय रंजित नुनिया, जनकपुरधाम उपमहानगरपालिका १७ बस्ने ३३ वर्षीय अंदेश महतो, वडा नं. १६ बस्ने ३३ वर्षीय पप्पु पुर्वे, वडा नं. १२ बस्ने ४८ वर्षीय उसवान साफी र २० वर्षीय मोहमद जिलानी साफी रहेका छन् ।

इन्टरनेट ब्राउजरको प्रयोग गरी अमेरीकी संस्था टलविन लाइफमा खाता खोल्न लगाएर उनीहरुले १ हजार ९१ जनाबाट प्रत्यक्ष तथा अप्रत्यक्षगरी ४९ लाख ९ हजार ५ सय ठगी गरेको धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले बताए ।

आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रहरीले उनीहरुलाई सार्वजनिक गरेको हो ।

उनले भने, ‘टलविन लाइफमा खाता खोल्न ३० अमेरीकी डलर लाग्छ । टलविनको खातामा पैसा लोड गर्न बाइनेन एपलिकेशनको मदतबाट नेपाली पैसालाई अमेरिकी डलर रुपान्तरण गरिन्छ ।’

टलविन लाइफको एकाउन्टको पैसा बाइनेन एप्लीकेशनको मदतले नेपालीमा रुपन्तरगरी बैँक खाता एवं विभिन्न अनलाइन वालेटमा हाल्ने गरेका थिए ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०४-२३ , समय : १७:०७:०२ , 2 years अगाडि

यहाँ कमेन्ट गर्नुहोस्