राजविराज नगरपालिकाका निलम्बित मेयर भिमराज यादवको फैसला हुने …
मिति: २०२३-०४-२३ , समय : ०५:५७:२४ , गामघर डेस्क
मिति: २०२३-०४-२३ , समय : ०५:५७:२४ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । सप्तरीको राजविराज नगरपालिकाका निलम्बित मेयर भिमराज यादवको फैसला हुने भएको छ । यही आँउदो बैशाख १७ गते विशेष अदालतले राजबिराज नगरपालिकाको निलम्बित मेयरको मुद्दा सम्बन्धमा फैसला हुने भएको हो ।
२०७९ असार २९ गते विशेष अदालतले राजविराज नगरपालिकाका नवनिर्वाचित मेयर भिमराज यादव माथि विशेष अदालतमा मुद्दा दायर गरेको थियो । २ लाख ६३ हजार ४ सय ६८ रुपैयाँ ४० पैसा बिगो दाबी गरी विशेष अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेका थिए ।
गहिल कन्स्ट्रक्सनका सञ्चालक भिमराज यादवले निर्माण सेवाले आर्थिक वर्ष २०७४/२०७५ मा राजरंगशाला स्तरन्नोति कार्यको लागि जिल्ला खेलकुद विकास समिति सप्तरी र सो कन्स्ट्रक्सन बीच सम्झौता भए पनि यादवले मापदण्ड विपरीत काम गरेको आरोप छ ।
यादवले मापदण्ड विपरीत गरेको कामलाई गुणस्तरीय युक्त र मापदण्डअनुसार काम भएको प्रमाणित स्वीकृति गराई २ लाख ६३ हजार ४ सय ६८ रुपैयाँ ४० पैसा काम गरेको भन्दाबढी भुक्तानी लिएकोले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८९४० बमोजिम कसुर गरेको पुष्टि हुन आएको हुँदा कैद र जरिवाना माग गरेको छ ।
अघिल्लो निर्वाचनमा १७ मतले पराजित भएका भिमराज यादब यसपटक सप्तरीको राजविराज नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । जसपाका यादबले निवर्तमान मेयर शम्भुप्रसाद यादबलाई ४ हजार ८ सय १७ मतान्तरले पराजित गर्दे आगामी ५ वर्ष राजविराजको नेतृत्व गर्ने अवसर पाउनुभएको थियो ।
मेयरमा निर्वाचित भिमराजले ९ हजार ६ सय २४ मत प्राप्त गर्नुभएको थियो । उहाँका निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका शम्भुप्रसाद यादबले ४ हजार ८ सय १७ मत प्राप्त गरेका थिए । निलम्बनमा परेपछि उपप्रमुख इसरत प्रविणले कावा नगरप्रमुखको रूपमा काम गर्दै आएकी छिन । यता निलम्बित नगरप्रमुख भिमराज यादबले आफु माथि लगाएको आरोप निराधार रहेकोले विशेष अदालतले बैशाख १७ गते हुने फैसला आफ्नो पक्षमा हुने दाबी गरेका छन् ।
प्रकाशित मिति: २०२३-०४-२३ , समय : ०५:५७:२४ , २ वर्ष अगाडि