कोसी नाम खारेजीको माग गर्दै शव प्रदर्शन गरिरहेका आन्दोलनकारी र प्रहरीबीच झडप, ६ जना घाइते
मिति: २०२३-०४-२२ , समय : १७:२९:०१ , गामघर डेस्क
मिति: २०२३-०४-२२ , समय : १७:२९:०१ , गामघर डेस्क
गामघर डेस्क
विराटनगर ।
कोसी नाम खारेजीको माग गर्दै पहिचान पक्षधरहरुले विराटनगरमा शव प्रर्दशन गर्ने क्रममा प्रहरी र प्रर्दशनकारीबीच झडप भएको छ। झपडमा ६ जना प्रदर्शनकारी घाइते भएका छन्।
कोसी नाम खारेजीको माग गर्दै भएको प्रर्दशनमा गत ५ चैतमा घाइते भइ उपचारका क्रममा १० चैतमा मृत्यु भएका मोरङ बेलबारीका पदम लिम्बु (लाजेहाङ) को शव प्रर्दशन गर्ने क्रममा प्रहरी र प्रर्दशनकारी झडप हुँदा ६ जना घाइते भएका हुन्।
आज शव प्रर्दशन गर्ने क्रममा प्रादेशिक राजधानी विराटनगरको रोडशेष चौकमा प्रहरी र प्रर्दशनकारीबीच झडप भयो। प्रर्दशनकारीहरुले सुनसरीको धरानबाट, इटहरी हुँदै विराटनगर ल्याएर शव प्रर्दशन गरेका थिए । सोही क्रममा मुख्यमन्त्री कार्यालय जाने क्रममा रोडशेषचौकमा प्रहरी र प्रर्दशनकारीबीच झडप भएको हो।
संघीय सरकारले प्रर्दशनको क्रममा घाइते भएर उपचारका क्रममा मृत्यु भएका पदम लिम्बुलाई शहिद घोषणा गरेर दस लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरिसकेको छ।
यस्तै प्रदेश सरकारले तीन लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ। पहिचान पक्षधरहरुले उनको शव आज मोरङको बेलबारी लगेर अन्तेष्ठि गराउँदै छन्। नयाँ पत्रिकाबाट
प्रकाशित मिति: २०२३-०४-२२ , समय : १७:२९:०१ , २ वर्ष अगाडि