भारतकाे गुजरातमा हत्या गरेको आरोपमा मुद्दा खेप्दै आएका पूर्वमन्त्रीसहित ६८ जनालाई अदालतले दिए सफाइ
मिति: २०२३-०४-२१ , समय : ०७:५८:०४ , गामघर डेस्क
मिति: २०२३-०४-२१ , समय : ०७:५८:०४ , गामघर डेस्क
गामघर डेस्क
भारत । भारतको गुजरातमा सन् २००२ मा भएको धार्मिक दङ्गामा ११ जना मुस्लिमको हत्या गरेको आरोपमा मुद्दा खेप्दै आएका पूर्वमन्त्रीसहित ६८ जनालाई भारतीय एक अदालतले सफाइ दिएको छ ।
अहमदाबाद अदालतले हिजो एक पूर्व राज्यमन्त्री र कट्टरपन्थी हिन्दु समूहका दुई वरिष्ठ सदस्यलाई सफाइ दिएसँगै यो विषयको मुद्दा समाप्त भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । २१ वर्षअघि ११ जना मुस्लिमको हत्यापछि रेलमा भएको आगलागीमा परि ५९ जना हिन्दु तीर्थयात्रीको ज्यान गएको थियो ।
लगत्तै भड्किएको धार्मिक हिंसामा कम्तीमा एक हजार नागरिकले ज्यान गुमाएका थिए । अहिले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी त्यसबेला गुजरातको मुख्यमन्त्री हुनुहुन्थ्यो । यो घटनालाई नजरअन्दाज गरेको मोदीमाथि आरोप थियो । उहाँलाई सन् २०१२ मा सफाइ दिइएको थियो ।
भारतको सर्वोच्च अदालतले नयाँ अनुसन्धानको आदेश दिएपछि सुरु भएका केही मुद्दामध्ये यो अन्तिम मुद्दा हो । मुद्दामा कुल १ सय ८८ जना दोषी ठहर भएका छन् भने ३ सय १३ जनाले सफाइ पाएका छन् । विपक्षी दल काङ्ग्रेसकी शमा मोहम्मदले फैसलाप्रति असन्तुष्टि जनाउँदै गरेको ट्विटरमा गुजरातको न्याय प्रणाली ‘ढोङ्ग’ भएको टिप्पणी गर्नुभएको छ । एजेन्सीबाट
प्रकाशित मिति: २०२३-०४-२१ , समय : ०७:५८:०४ , २ वर्ष अगाडि