४१ डिग्रीको तापक्रमले सप्तरी सहित तराई मधेसको जनजीवन प्रभावित
मिति: २०२३-०४-२० , समय : २०:३०:३३ , रुपेश कुमार यादव
मिति: २०२३-०४-२० , समय : २०:३०:३३ , रुपेश कुमार यादव
रुपेश कुमार यादव
राजविराज । विगत एक सातादेखि बढेको गर्मीका कारण सप्तरी सहित मधेस प्रदेशको जनजीवन प्रभावित भएको छ । एक्कासि बढेको प्रचण्ड गर्मीका कारण जनजीवन कष्ठकर बन्दै गएको हो । बैसाशको पहिलो सातामै बढिरहेको गर्मीका कारण दैनिक कामकाजमा कठिनाइ हुनुका साथै मानव स्वास्थमा समेत प्रत्यक्ष असर पारिरहेको छ ।
सप्तरी सहित तराईमा चैत्र मसान्त सम्म समान्य रहेको मौसम बैशाख लागेपछि एक्कासी मौसम बदली अत्यधिक गर्मि बढेको छ । गर्मीकै कारण सदरमुकाम राजविराजमा व्यापार समेत प्रभावित भएको छ । बिहान ७ बजेदेखी नै चर्को घाम लागेपछि सामान किनमेल गर्ने आउने जसोतसो सामान खरीद गर्ने गरेका छन् । दिउँसो बजारमा मानिसहरुको चहलपहल अत्यन्त कम हुने गरेको छ । गर्मीका कारण दैनिक कामकाज गर्न समेत कठिनाई भईरहेको कामदार राजकुमार ऋषि बताउँछन् ।
बिहानैदेखी तापक्रम बढ्दै जाँदा मानिसहरु चिसो पदार्थ सेवन गरिरहेका छन् भने आइसक्रिम, बरफ, चिसो मिनरल वाटरको बिक्रि समेत बढेको छ । गाउँघरमा शरीरलाई चिसो पार्न स्थानीय पोखरी, नहर, नदीमा नुहाउने गर्छन् । यता गर्मीका कारण जिल्लाका निजी तथा सामुदायिक विद्यालयहरुमा समय अगावै विद्यार्थीहरु विद्यालय छोड्न बाध्य रहेको निजि बिद्यालयका शिक्षक हरिकिशुन राइबको भनाइ छ ।
सप्तरीमा अहिले दैनिक तापक्रम ३७ देखी ४१ डिग्री सेल्सियस तापक्रम रहेको छ । गतवर्षहरु भन्दा यसवर्ष वैशाखको सुरुमै गर्मी बढ्न थालेपछि किसानहरु समेत चिन्तित भएको
कृषक देवकुमार राउतले बताए ।
गहुँ खेती सकिएर धानको बेर्ना लगाउन खेत तयार गर्ने बखत बढेको गर्मीले खेतमा कामकाज गर्न समस्या भइरहेको दैनिक ज्यालामा काम गर्ने मजदुर बताउँछन् ।
यसैगरी राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा समेत बिरामीहरुको चाप बढ्न थालेको छ ।अस्पतालस्थित आकास्मिक कक्षमा खास गरी निमोनिया, ज्वरो, आस्थमा,डाइरियाका बिरामीहरु भर्ना रहेको छ ।
भर्ना भएका बिरामीहरुमध्ये खासगरी बालबालिका, बृद्दबृद्दाहरु बढी प्रभावित भएको अस्पताल आकस्मिक कक्षमा काम गर्ने चिकित्सकको भनाइ छ ।
प्रकाशित मिति: २०२३-०४-२० , समय : २०:३०:३३ , २ वर्ष अगाडि