अनलाइन ठगी आरोपमा पक्राउ परेकामध्ये २ जनामाथी मुद्दा चलाइयो

मिति: २०२३-०४-१८ , समय : १८:५७:५३ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

जनकपुरधाम ।
धनुषा प्रहरीले अनलाइन ठगीमा संलग्न रहेको आरोपमा जनकपुरधामबाट पक्राउ गरेकामध्ये २ जना विरुद्ध मुद्दा प्रकृया अगाडी बढाएको छ ।

प्रहरीले गत चैत २० गते जनकपुरधामको पिराडी चौकबाट अनलाइन ठगी कारोबारमा संलग्न रहेको आरोपमा २३ जनालाई नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका २३ जनामध्ये २ जनामाथी मुद्दा प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

सत्यानन्द राम र विजय सिंहमाथी राष्ट्र बैंक कसुर अन्तर्गतको मुद्दा चलाइएको उनले बताएका छन ।

बाँकी २१ जनालाई तारिखमा छोडिएको प्रवक्ता गौतमले जानकारी दिए ।

प्रकाशित मिति: २०२३-०४-१८ , समय : १८:५७:५३ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित