काठमाण्डौमा गृहमन्त्री राजिनामाकाे माग गर्दै मिटरब्याज पीडितहरुको प्रदर्शन
मिति: २०२३-०४-१८ , समय : १३:२३:५२ , गामघर डेस्क
मिति: २०२३-०४-१८ , समय : १३:२३:५२ , गामघर डेस्क
गामघर डेस्क
काठमाण्डाै । शान्तिपूर्ण आन्दोलनमा प्रहरीले बल प्रयोग गरेको भन्दै मिटरब्याज पीडितहरुले काठमाण्डाैमा प्रदर्शन गरेका छन् ।
हिजो सोमवार शान्तिबाटिकामा प्रहरीको लाठी प्रहारबाट घाइते समेत भएका उनीहरुले आज गृहमन्त्री नारायणकाजी श्रेष्ठविरुद्ध नाराबाजी लगाउँदै काठमाण्डाैको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।
आफूहरुको माग सम्बोधन गर्नुको साटो गृहमन्त्री श्रेष्ठले प्रहरी प्रशासन लगाएर दमन गरेकाले त्यसको विरोधमा प्रदर्शन गर्नु परेको मिटरब्याज विरुद्ध किसान–मजदुर सङ्घर्ष समितिका संयोजक अवधेश कुशवाहले बताउनुभयो । उहाँले आफूहरुको समस्या समाधान गर्न सरकार गम्भीर नभएको भन्दै माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने समेत बताउनुभयो।
मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि सरकारले बनाएको छानबिन समितिले पनि आफ्नो कामलाई तीव्रता नदिएको पीडित पक्षले गुनासो गर्दै आएका छन्। उज्यालो अनलाइनबाट
प्रकाशित मिति: २०२३-०४-१८ , समय : १३:२३:५२ , २ वर्ष अगाडि