सप्तरीको पाताे नाकामा खुल्लेअाम तस्करी : लाखौंको रकम असुल्दे प्रहरी प्रशासन………

मिति: २०२३-०४-१८ , समय : १३:१२:२१ , शुभ नारायण यादब

तस्बिर : गामघर टिभिबाट

शुभ नारायण यादब

पाताे । पछिल्लोपटक सप्तरीको विभिन्न सिमावर्ति नाकाहरुमा खुल्लेअाम रुपमा प्रहरी प्रशासनकाे मिलाेमताेमा तस्करी भइरहेको खुलासा भएको छ । साेहि क्रममा सप्तरीको पाताे नाकाबाट दिनहु लाखौंको अबैध समानहरु सिमामा खटिएका सशस्त्र तथा नेपाल प्रहरीकै मिलाेमताेमा तस्करी भइरहेकाे फेला परेको छ । सशस्त्र प्रहरी बिअाेपि पाताेका सहायक हबल्दार अशाेक यादव सहितले स्थानीय ब्यापारीहरुबाट मासिक झन्डै ५ लाख सम्म रकम असुल्दे अाएकाे स्रोतले जनाएको छ । स्रोतकाअनुसार पछिल्लोपटक साे नाका भएर नेपालबाट दिनहुुँ लाखौंको मदिरा भारततर्फ खुल्लेअाम प्रहरी प्रशासनकाे मिलाेमताेमा तस्करी भइरहेको छ । त्यस्तै भारतबाट अबैध रुपमा कपडा ,किराना समान ,रजनिगन्धा ,काेस्मेटिक समान लगायतका समानहरु नेपालतर्फ भित्रीने गरेको छ र साे बापत स्थानीय प्रहरी प्रशासनले मासिक लाखौं नजराना महिनाबारि असुल्दे अाइरहेकाे छ । साे कार्यमा सशस्त्र प्रहरी सहायक हबल्दार अशाेक यादवले जिम्मेवारी पाएकाे उच्च स्रोतकाे दाबि रहेको छ । उक्त रकम सशस्त्र प्रहरी बिअाेपिका सशस्त्र प्रहरीका डिएसपि तथा सशस्त्र प्रहरी उपरीक्षक एसपि सम्म महिनाबारि जाने गरेको छ । उक्त पाताे नाकामा मदिरा व्यापारीहरु ब्रहमदेव यादव हरिराहा ,पशुपति राय ,सुनिल राय ,सुरेन्द्र यादव ,शशिकान्त राय ,बिरेन्द राय ,जितेन्द्र राय लगायतका मदिरा तस्करी गर्ने व्यापारी रहेकाे तथा मदिरा तस्करी बापत उनिहरुबाट प्रहरीले रकम असुल्दे अाइरहेकाे छ । त्यस्तै कपडा व्यापारिहरु अशाेक यादव ,तरुण यादव,मिस्टर भनिने धिरेन्द्र साह ,राम नारायण साफि ,मन्जु चौधरी , राम बिलास यादव ,केला मिया लगायतले कपडा ,हार्डवेयर तथा गाई गाेरु व्यापारी रहेका छन । यसेगरि सिमरित कान्त मुखिया सहित ठुला माछा व्यापारीहरु जाे नेपालबाट भारत र भारतबाट नेपालतर्फ समान तस्करी गरेवापत त्यहाका प्रहरी प्रशासनलाइ मासिक महिनावारि नजराना दिने गरेका छन । तर पनि जिल्लाका प्रमुख जिल्ला अधिकारी , एसपि समेत सम्बन्धित निकाय माेन बसेकाे स्थानीयहरु बताउँछन् । स्थानीयहरुका अनुसार सिमामा खटिएका प्रहरी प्रशासनके मिलाेमताेमा यहाँ खुल्लेअाम रुपमा तस्करी भइरहेको छ ।

प्रकाशित मिति: २०२३-०४-१८ , समय : १३:१२:२१ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित