मलेशियामा भएको विवादलाई लिएर सप्तरीमा झगडा हुँदा १० जना घाइते

मिति: २०२३-०४-१८ , समय : ०८:२३:३७ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

राजविराज ।
सप्तरीमा दुई पक्षबीच झैझगडा हुँदा १० जना घाइते भएका छन् ।

सप्तरीको बिष्णुपुर गाउँपालिका वडा न.४ स्थित बैदेशिक रोजगारको क्रममा मलेशियामा भएको वादविवादको बिषयलाई लिएर झै–झगडा हुँदा बँचाउन गएका एकजनासहित १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

दुई पक्षबीचको झगडा छुटाउन जाँदा स्थानीय देवानन्द कुमार साहको टाउकोमा चोट लागेको छ ।

यस्तै, सो झगडामा रन्जित खंग, राजाराम खंग, भुबिन्द्र खंग, रमेश खंग, रामसुनार देबी, बिनोद खंग, अशोक खंग, सुरजि कुमारी खंग र धर्म देव मण्डल घाइते भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।

यता घाइतेहरुको राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा उपचार भइरहेको तथा यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०४-१८ , समय : ०८:२३:३७ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित